काठमाडौं– नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समयानुकूल नभएको बताएका छन्।
सिंहदरबारमा बसेको बैठकमा उनले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए।
उनले नेपालको समयानुकूल शिक्षा नीति नहुँदा विद्यार्थीहरू विदेश पलायन भइरहेको बताए। उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनाती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए।
उनले भने, “हाम्रो नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भयो, नेपालका लागि र नेपालीका लागि गर्न सकेन। नभन्दै अहिले हाम्रा युवाहरू बाहिर जान्छन्, त्यही शिक्षाको परिणाम हो यो।
उनले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुको अर्थ नरहेको जिकिर गरे। उनले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताए।