मिटरब्याज सम्बन्धी कानुन पारित भएको खुसीमा मिटरब्याज पीडितले गरे जनकपुरमा र्‍याली - Chaitanya News
  • 2026-11-19
  • 17:02:49
  • बिहिबार,मंसिर ०४, २०८३
  • मिटरब्याज सम्बन्धी कानुन पारित भएको खुसीमा मिटरब्याज पीडितले गरे जनकपुरमा र्‍याली

    मिटरब्याज सम्बन्धी कानुन पारित भएको खुसीमा मिटरब्याज पीडितले गरे जनकपुरमा र्‍याली

    जनकपुरधाम– मिटरब्याज सन्धीम्ब कानुन पििरत भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली गरेका छन्।

    मिटरव्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्‍याली निकालेका हुन्।

    सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका छन्।

    जनकपुरको बाह्रविघा मैदानबाट सयौं पीडितको संख्यामा निस्कको र्‍याली रामानन्दचौक, पीडारीचौक, थापाचौक, मधेश भवन एरिया, मिल्स एरिया, भानुचोक, शिवचौक हुँदै जनकचोकमा कोणसभामा परिणत भएको थियो।

    संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासवानले सदनबाट मिटरब्याजविरुद्ध सम्बन्धी विधेयक पास हुनु मिटरब्याज पीडितको ठूलो सफलता भएको बताए।

    मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास सराहनीय रहेको उनको भनाइ छ।

    अझै पनि धेरै मिटरब्याज पीडित न्यायको पर्खाइमा रहेका र मिटरब्याजीहरुले अन्याय गरिरहेकाले उनीहरुलाई कारबाही दायरामा ल्याउन माग गरे।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेको हो। जसमा मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ।