आज नेपालले भारत ‘ए’ सँग खेल्दै - Chaitanya News
  • 2026-06-06
  • 18:59:40
  • शनिबार,जेठ २३, २०८३
  • आज नेपालले भारत ‘ए’ सँग खेल्दै

    आज नेपालले भारत ‘ए’ सँग खेल्दै

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा सोमबार नेपालले भारत ‘ए’ सँग खेल्दैछ ।

    श्रीलंकामा जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । कोलोम्बोस्थित आर प्रेमदासा रंगशालामा दिउँसो २ बजे सुरु हुने खेल ‘डे–नाइट’ अर्थात दिवा तथा रात्रिकालिन हुनेछ ।

    नेपाली टोलीले यस खेलका लागि आइतबार रात्रीकालिन अभ्यास गरेको थियो । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । उता भारत ‘ए’ ले पहिलो खेलमा यूएई ‘ए’ लाई हराएको थियो ।

    यूथ नाइन्टीन विश्वकप विजेता यस. डुलको कप्तानीमा रहेको भारतीय टोलीमा इन्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको वर्चस्व छ ।

    रोहित पौडेलको कप्तानीमा इमर्जिङ कप खेलिरहेको नेपालले यो प्रतियोगितालाई आगामि अगष्ट सेप्टेम्बरमा हुने एसिया कपको तयारीको रुपमा हेरेको छ ।