सारांश
विकास र समृद्धिमा पछिल्लो समयमा गतिलो फड्को मार्दै गएको सुदूर पश्चिम प्रदेश आफैँमा समृद्धिको पर्याय बन्दै गएको अवस्था छ। यस प्रदेशमा अथाह पर्यटकीय विकासका सम्भावना रहेका छन्। प्रदेशको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न भएको छ। बडीमालिका, खप्तड, रामारोशनलगायतका पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि विशेष पहल गरिएको छ। पछिल्लो समय खप्तड क्षेत्रमा प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सम्पन्न हुनु आफैँमा गौरवान्वित विषय हो। सुदूरपश्चिम आफैँमा सुन्दर छ र यसको सौन्दयर्ताले यसको मनमोहकतालाई अझैँ बढी सौन्दर्य बनाएको छ। यहाँको सौन्दर्यताबाट जो कोही नतमस्तक हुन्छन्। विकास र समृद्धिका अनगिन्ति सम्भावना बोकेको सुन्दर सुदूरपश्चिाबाट समग्र नेपालकै समृद्धिमा विकासको मुहान फुटाउन सकिने अनगिन्त सम्भावना रहेका छन्। प्रदेशको राजधानीको रूपमा रहेको धनगढी उपमहानगरपालिकाले विकास र समृद्धिको काँचुली फेर्दै गएको अवस्था छ। यस आलेखमा सुदूरपश्चिमलाई चिनाउने सम्पदाको चर्चा गर्नुका साथै सुदूरपश्चिम प्रदेश र यस क्षेत्रमा रहेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक सम्पदाको बारेमा उजागर गरिएको छ।
विषय प्रवेश
वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भएसँगै नेपाललाई ७ प्रदेशमा विभाजन गरियो। यी मध्ये साविकका महाकाली अञ्चलका चार जिल्ला र सेती अञ्चलका ५ वटा गरी ९ वटा जिल्लासमेटेर सुदूरपश्चिम प्रदेश कायम भयो। भौगोलिक रूपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तीनै धरातलीय स्वरुपलाई समेटेको छ। त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनीदेखि टुन्ड्रा) हावापानी विद्यमान रहेको छ। यो प्रदेश १०९ मिटरदेखी ७१३२ मिटरसम्म उचाई र २८डिग्री २२ उत्तरी अक्षांशदेखि ३० डिग्री ०९ उत्तरी अक्षांश र ८० डिग्री ०३ पूर्वी देशान्तरदेखि ८१ डिग्रि २५ पूर्वी देशान्तरसम्म फैलिएको छ। यस प्रदेशको सबैभन्दा अग्लो भूभागको रुपमा अपि हिमाल (७, १३२ मिटर) र होचो भूभागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ। नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये सुदूरपश्चिम प्रदेशले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७ प्रतिशत क्षेत्रफल ओगटेको छ। यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भूभाग ७, ९३२.८३४ वर्ग कि.मि. (४०.६०प्रतिशत), पहाडी भूभाग ६, ७४८.७७०६ वर्ग कि.मि. (३४.५४ प्रतिशत) र तराई भूभाग ४, ८५७.३९५४ वर्ग कि.मी. (२४.८६ प्रतिशत ) पर्छ। यस प्रदेशमा पहाडी तथा हिमाली भूभाग बढी रहेको छ। यो प्रदेश नेपाल राज्यको करिब पश्चिम भागमा पर्छ। यो प्रदेशका २ जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी) पहाडी क्षेत्रमा र तीन जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्छन्। यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगु जिल्ला तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ला पर्छ। पश्चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ। नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रूपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये यस सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चलका चार जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, सेती अञ्चलका बझाङ, बाजुरा, डोटी, अछाम र कैलाली गरी जम्मा ९ जिल्ला रहेका छन्। एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन्। यस प्रदेशका प्रमुख नदीमा सेती र महाकाली हुन्। अन्य सहायक नदीमा चमेलीया, बुढीगंगा, दरगंगा, सुर्नाया, ढिकगाड, होपरीगाड, रंगुन, डोटेली गाड, स्पालगाड, खुटिया, मोहना, श्चशसैया, बानरा, आदि हुन्। यस क्षेत्रमा पर्ने प्रमुख तालमा कैलाली जिल्लाको घोडाघोडी ताल विश्वसम्पदा सूचीमा सूचिकृत सिमसार क्षेत्रको रूपमा परिचित हुनुका साथै धार्मिक दृष्टिकोणबाट समेत प्रसिद्ध छ। कञ्चपुर जिल्लामा रहेको झिलमिला ताल, वेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन्। डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बीचमा रहेको खप्तड ताल यस क्षेत्रको प्रमुख पर्यटकीय आर्कषणको रुपमा रहेको छ।
यस प्रदेशमा थुप्रै धार्मिक स्थल छन्। जसमध्ये डोटीको खप्तड, अछामको रामारोशन, बाजुराको बडीमालिका, बझाङको तपोवन, ऋषिकुण्ड र सुर्मासरोवर, बैतडीको रौलाकेदार र सिगास, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्लाकेदार र हुनैनाथ, कैलालीको बेहडा बाबा आदि हुन्। यस क्षेत्रका प्रमुख मन्दिरहरुमा बाजुरामा बडीमालिका, बझाङमा सुर्मादेबी, जल्फादेवी, मष्टा र दुर्गा, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्लाकेदार, बैतडीको त्रिपुरासुन्दरी, निङ्कलासैनी, जगन्नाथ, ईश्वरी गंगाधाम, कृष्णमन्दिर, महारुद्र, मेलौली भगवती, ग्वालेक केदार र राताशिला, डडेल्धुराको उग्रतारा, भागेश्वर, घण्टेश्वर, डोटीघटाल र बेताल, अछामको बैजनाथ, बर्मादेवी, डोटीको शैलेश्वरी, केदार, लानाकेदारेश्वर, कञ्चनपुरको सिद्धनाथ, बैजनाथ र विष्णु मन्दिर, कैलालीको गोदावरी, वनदेवी, बेंहडा बाबा तथा नैनादेवी आदि प्रमुख हुन्। त्यसैगरी यस क्षेत्रका प्रमुख पर्टकीय सम्भावनामा खप्तड, बुढीनन्दा देवी, शुक्लाफाँटा, सुर्मासरोवर ताल, महाभारतपर्वत, घनघश्या लेक, भेल्छडा, पाताल भुमेश्वर, रौलाकेदार, घोडाघोडी ताल, अजयमेरुकोट, आलीताल, बेदकोट, व्यास हिमाल, सैपाल हिमाल, बडीमालीका, मेलौली भगवती, उग्रतारा मन्दिर, टिकापुर पार्क, अपि हिमाल, रामारोशन क्षेत्र, दोधाराचादनी झोलुङ्के पुल, कर्णाली पुल आदि रहेका छन्।
सुन्दर सुदुरपश्चिम प्रदेशलाई चिनाउने प्रमुख संवाहकहरू
धनगढी
नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी नगरपालिकाको स्थापना ‘व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी’ दीर्घकालिन सोचका साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२/०६/०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उपमहानगरपालिका हुन गएको हो। यो समुद्री सतहदेखि १०९ मिटर उचाइँमा काठमाडौंदेखि ७५० कि.मि. दूरीमा रहेको छ। धनगढी उपमहानगरपालिकामा कूल १९ वटा वडा रहेका छन्। २६१.७५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी उपमहानगरपालिकाको भूआकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा कैलारी गाउँपालिका छ भने पश्चिममा मोहना नदी, उत्तरमा गोदावरी नगरपालीका र गौरिगंगा नगरपालिका र दक्षिणमा अन्तर्राष्ट्रिय रुपमा भारतको सीमाक्षेत्र तथा मोहना नदी रहेको छ। यसको शालाखाला अधिकतम तापक्रम ४५ डिग्री र न्यूनतम तापक्रम ७ डिग्री रहेको पाइन्छ। वि.सं. २०७८ को जनगणनाको तथ्यांक अनुसार यस नगरपालिकाको कूल जनसंख्या २,०४,७८८ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर ३.९ अनुमानित गरिएको छ। प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ। जस्तै दसैं, तिहार, माघी, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्व हुन्।
![]()
धनगढी सहर
पछिल्लो समय सुदुर पश्चम प्रदेशको राजधानी धनगढी आफैंमा विकास र समृद्धिको पर्याय वन्दै गइरहेको अवस्था छ। यहाँ यातायात,शिक्षा,स्वास्थ्य, वित्तिय, सञ्चार लगायतका पुर्वाधारहरुले निकै फड्को मारेको अवस्था छ। देशको इतिहाँस बोकेको खप्तडमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
कर्णाली पुल
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुलको बिचमा ठूलो खम्बा रहेको छ। त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस लाई अड्याइएको छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो। देशको इतिहाँस बोकेको कर्णाली पुलमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
अपी हिमाल
अपी हिमाल दार्चुला जिल्लाको सबैभन्दा अग्लो भाग हो अपी हिमालय। यसको उचाई ७,१३२ मी.(२३,३९९ फीट) रहेको छ। नेपालको सुदूरपश्चिममा अवस्थित अपी हिमाल भारत र तिब्बतसँग सिमाना जोडिएको छ। अपी हिमाल योका पहार खण्डको गुराँस हिमाल मध्ये सबै भन्दा अग्लो चुचुरो हो। देशको इतिहाँस बोकेको अपी हिमालमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
साइपाल हिमाल
साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो। स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ। यो गुराँस हिमालमा पर्ने अपी हिमाल पछि दोस्रो अग्लो हिमाल हो। देशको इतिहाँस बोकेको साइपाल हिमालमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
कमलबजार
कमलबजार नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा अछाम जिल्लामा पर्ने बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली, यि ६ वटा गाविसहरू जोडेर २०७२ साल असोज १ गते कमलबजार नगरपालिका घोषणा गरिएको थियो। पछि गएर २०७३ फागुन २७ गते थप ३ वटा गाविसहरू कुइका, घोडासैन र बिरपथ यस नगरपालिकामा समावेस गरिएका थिए। कमलबजार नगरपालिकाको केन्द्र साबिकको बयाला गाउँ विकास समितिको वडा नं ८ कमलबजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्। देशको इतिहाँस बोकेको कमलबजारमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
रामारोशन क्षेत्र
रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चउर छन। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।जसको आकार अंग्रेजी अक्षर “सि“जस्तो छ।जुन बाटुले ताल भन्दा अली माथी छ।यहाको सानो तालमा ताउने ताल हो।यो हाल पुरिने अवस्थामा छ।जिगाले ताल भन्दा माथीपनि धेरै तालहरु छन।यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चउर छन।जून अठार खण्ड का नामले प्रख्यात छन।यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो।जसको बिच भएर कैलाश खोला बग्दछ।यो सम्भवत अछामकै ठुलो चउर हो।यसको केहि माथी पट्टी रोशन चउर छ।यो पनि धेरैनै ठूलो छ।
![]()
रामारोशन क्षेत्र
महादेव र पार्वतीको वासस्थानका रूपले चिनिने यो क्षेत्रमा प्राचीन समयमा रमा र रोशन नाम भएका आमा र छोरा बस्थे।उनीहरू यही बसेर गाई,बाख्रा पाल्ने गर्थे। एक दिन रमा र रोशन दुवै गोरु बाध्ने छानाबाट बेलुका अध्यारो भइसकेको बेला घर फर्कि रहेका थिए।बाटोमा एउटा ठुलो राक्षस कराई राखेको थियो।जून अतिनै भयानक र हिंस्रक थियो र भेट्यो भने मान्छे मारेर खान्थ्यो र मानिसहरूलाई सधैजसो दुःखदिई राखथ्यो।सो राक्षसको आवाज सुनी डरले काप्न थाले र छिटोछिटो उनीहरू माथी शिव र पार्वती बस्ने ठाउँ गए र राक्षस पछाडि उनीहरूलाई पच्छायाउदै थियो।उनिहरूले शिव पार्वतीको धेरै ठूलो पुकार गरे र जसबाट प्रसन्न भै महादेव प्रकट हुनु भयो र रमा,रोशनलाई किन मलाई पुकारेको मनुष्य भनेर सोध्नु भयो।महादेवलाइ देखेर रमा र रोशन खुसी भए र “हाम्रो ज्यान खतरामा छ,एउटा राक्षसले हामीलाई पच्छायाउदै छ।हजुरले हामि लाई बचाई दिनु पर्यो“ भनेर बिन्ति गरे।सो बिन्ति सुनी महादेवले प्रसन्नभै सो राक्षसलाई समाती ठुलो फलामको डोरीले ठुलो चउरमा बाधि दिनुभयो र त्यसचौरमा पानीभरी दिनु भयो।जसले गर्दा त्यो राक्षस हलचल गर्न पाएन र रमा र रोशनले सदाकालागि सो राक्षसबाट मुक्ति पाए र कालान्तरमा सो ठाऊँ रमारोशन भनेर चिनिन थाल्यो। देशको इतिहाँस बोकेको रामारोशनमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
सुर्मासरोवर
सुर्मासरोवर बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको एउटा सानो ताल हो। यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ। बझाङवासीहरू साउन महिनाको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन्। त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ छ। चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा पुनः मिसिन्छ। सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान–सुत्न मिल्ने विशाल विरु ओडार छ। दार्चुलातिरबाट आउने तीर्थालुहरू यही ओडारमा बास बस्छन्। साउनमा यस सरोवरमा स्नान गर्न आउने शर्द्धालुहरूको यात्रालाई सुर्मा सरोवर जात्रा भनिन्छ। विरु ओडारबाट केही तल धानसेरी पार्थीका विशाल नागीहरू छन्– छेवैमा तातोपानीको मुहान छ। त्यहाँबाट दुई किमी पूर्व हिंडेपछि धानसेरी जिउलो पुगिन्छ। किम्वदन्ती अनुसार, उहिले पार्थी डाँडाबाट हेर्दा यहाँ सयौं महिलाले सुर्मादेवीको धान रोपिरहेका देखिन्थे रे! यहाँ अर्को एउटा सानो ताल पनि छ, जुन यस भेगका कस्तूरी, झारल, नाउर आदि वन्यजन्तुको पानी पिउने ठाउँ हो। हिमश्रृंखलाको अवलोकन गर्दै धानसेरीबाट ५–६ घण्टा ओरालो झरेपछि सुर्मादेवी मन्दिर रहेको सुर्मा गाउँ पुगिन्छ। उहिले सुर्मा र दुर्गा दिदीबहिनी अहिले लेकगाउँ गाविसमा पर्ने थलीमा बस्थे रे! लसुनको निहुँमा झगडा परेका दिदीबहिनीले अंशबण्डा गर्दा थलीका खेतहरू बग्न थालेछन्। तिनै खेतका बीचमा रहेको पाँगरको रूख तान्दा त्यसको आधा भाग चुँडिएर आएछ। त्यो रूख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रूख थलीमै रहेको जनविश्वास छ। देशको इतिहाँस बोकेको सुर्मा सरोवरमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
सुर्मा भगवती अथवा सुर्मा भवानी मन्दिर
सुरमा भगवती अथवा सुर्मा भवानी मन्दिर बझाङ जिल्लाको सुर्मा गा.बि.स मा अवस्थित छ। यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ।
यो मन्दिरमा साउने पुर्णिमामा ठुलो मेला लाग्ने गर्दछ। यो पर्वमा सुर्मा देवी भगवतीको दर्शन गर्न जाने भक्तजनहरूले सदरमुकाम चैनपुरबाट नियम अनुसार डोगाड, धोगाड र ठगुन्नाडा बास बसी चोखोभइ जाने गरिन्छ। सुर्मा देवी भगवतीको मन्दिर नजिक सुन्दर सुर्मा सरोबर (ताल) पनि रहेको छ।
खप्तड
खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। उहाँले योग र ध्यान गर्नुभयो र किताबहरु लेख्नुभयो। उहाँले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ। यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्ला संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन्। खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो। विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ। बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन्।
खप्तडमा भीम घट्ट भन्ने ठाउँ छ। महाभारत कालमा भीमले यहाँ घट्ट जोतेर अनाज पिसेको मिथ सुन्नमा आउँछ। बग्दै गरेको पानी नजिक पुगेर गहिरिएर कान थापी सुन्ने हो भने घट्ट घुमेको आवाज अहिले पनि प्रष्टसँग सुन्न सकिने कुरा सुनाउँछन् बझाङ्ग छान्ना निवासी प्रयागराज पाध्याय। त्यो ठाउँ डोटीबाट जादा जहाँ सुरुको पाटन देखिन्छ त्यही पाटनबाट बझाङ जाने बाटोमा जम्मा दस मिनेटको दूरीमा पर्छ भन्ने सुन्नमा आएको छ। थुप्रै छन् खप्तडमा घुम्नुपर्ने ठाउँहरु, जसमध्ये कोही गुमनाम छन्। कसैको बारेमा पुराना बुढापाकाहरुको मुखारबिन्दुबाट सुनिए पनि खोजी हुन सकेको छैन।कुनै समयमा खप्तड कुबेरको राजधानी पनि थियो भन्ने कुरा पुराणहरूमा उल्लेख छ। महाभारतकालमा पाण्डवहरू खप्तडकै बाटो भएर कुरुक्षेत्र पुगेका थिए। युद्धपश्चात् मृतात्माहरूको आत्माको शान्तिका लागि यही खप्तडको त्रिवेणीमा आई तर्पण गरेका थिए भन्ने मिथकहरू सुन्नमा आउँछन्। धार्मिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले निकै नै महत्त्व राख्ने क्षेत्र हो खप्तड। त्रिवेणीधाम, सहस्रलिङ्ग, केदार ढुङगे बाबाको आश्रम, खप्तड दह, नागढुङ्गा, घोडा दाउनी पाटनजस्ता केही आकर्षक ठाउँहरूले झनै लोभ्याउँछन् यात्रीहरूको मन। विभिन्न किसिमका फूलहरू फुल्दा बुट्टेदार गलैँचाजस्तो देखिने सुन्दर पाटनहरू भएको खप्तड एउटै ढुङ्गामा अवस्थित छ। धेरै जसो पत्रपत्रिकामा २२ पाटन भनिए तापनि ५२ पाटन २२ दह भएको क्षेत्रको रुपमा खप्तड चिनिँदै आएको छ। जहाँ २२ वटा ठुला पाटनहरू छन् भने अन्य अरु स–साना पाटनहरू छन्। तालमा पनि खप्तड दह, बुकि दह लगायत ३÷४ वटा मात्रै बाँकी छन् अरु सबैजसो पुरिएर गए। विश्व बजारमा मूल्यवान् ठानिएको गुचिच्याउदेखि सुनजाइ, सेतो जाइ, इन्द्रकमल, रातकी रानीलगायत विभिन्न प्रकारका फूल र वनस्पतिहरू पाइन्छन् यहाँ।खप्तड बाबाको आश्रम नजिक राखिएको अग्रखले प्रष्ट पार्छ कि यो ठाउँमा अग्रख खानी छ भनेर। जुनकुरा बझाङी राजा रामजङ सिंहले राजा महेन्द्रलाई उत्खननका लागि बिन्ती बिसाएको इतिहासले पनि पुष्टि गर्दछ। राजा महेन्द्रको अनुमतिअनुरुप भारतबाट उत्खननका निम्ति केही जनशक्ति झिकाइएको थियो पछि किन हो केन्द्रबाटै रोक लगाइएछ। खप्तडबाट बगेर आएको पानी केही तल आएपछि जब झर्छ भीरबाट तब रुप लिन्छ सुन्दर झरनाको। भेल्छडाको झरनाको नामले चिनिने उक्त झरना छेउसम्म पुग्न झिग्रानाबाट काटिँदैछ सडक। (श्रोत : उकेरा डटकम, हेमन्त विवस)
![]()
खप्तड क्षेत्र
वि.सं. २०८० जेठ २३ देखि २५ सम्म खप्तडमा प्रथम अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलन भएको छ। देशको इतिहाँस बोकेको खप्तडमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
टीकापुर पार्क
स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साअनुरुप रेखाङ्कन गरिएको टीकापुर पार्क करिब ५ विगाह क्षेत्रफलमा फैलिएको छ। यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन्। यो पार्क विशेष गरी पिकनिक खान आउने पर्यटकहरूका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ। यद्यपि वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना नेपालको राजकाज चलाएको इतिहासका कारण यसको गरीमा अझ बढेको छ।टीकापुर पार्क नेपालकै सबैभन्दा ठुलो मानव निर्मित पार्क हो।कैलाली जिल्लाको टीकापुर नगरपालिका को दक्षिण पुर्वमा अवस्थित यो पार्क पर्यटकहरूको गन्तव्यका रूपमा विकसित छ। टीकापुर पार्क लाई टीकापुर बृहत उद्यान नामले पनि चिनिन्छ।यो पार्कको वास्तबिक नाम बंगला हो।यो पार्क राजा महेन्द्रका पालामा स्थापना भएको थियो।कुनैताका यो पार्कमा राजामहाराजा आउने बस्ने गर्दथे। राजा बीरेन्द्र पनि रानी ऐश्वर्य र अन्य राज परिवारका निकटहरूसंग यो पार्क मा आउने गरेका थिए।वर्षेनी लाखौको संख्यामा पर्यटकहरू यो पार्क घुम्न आउछन।प्रयटकको संख्या कार्तिक मंसिरमा बढी हुने गर्दछ। यो पार्कमा एउटा प्रमुख पथ रहेको छ। यो पथको बिचमा एउटा स्तम्भ रहेको छ।पार्कमा धेरै थरिका फुलहरू रहेका छन।पार्कलाई तिनचार ओटा समुहमा बाडीएको छ। प्रत्येक समुहहरू फरक किसिमबाट सजिएका छन।उत्तर तर्फको बाटीकाको बिचमा बिश्राम स्थल रहेको छ।त्यसैको आगाडी पानिको फोहरा निर्माण गरिएको छ।पार्क भित्र फोटो खिच्नेहरू प्रसस्तै भेटिन्छन। टीकापुर वाटीका बाहिर उत्तर पूर्वतिर बनभोज स्थल छुट्याईएको छ।त्याहाँ मानिसहरू बनभोज आयोजना गर्दछन।यसका लागि पानिको समेथ व्यावस्था गरिएको छ।मानिसहरू बनभोज संगै नाचगान गरेर रमाईलो गर्छन।प्राय तिहारमा देउसी भोलो खेल्ने समुहहरू पिकनिक आयोजना गर्ने भएकाले असोज, कार्तिक र मंसिर महिनामा यो क्षेत्र मानिसहरूले ढाकिएको हुन्छ।बनभोज स्थलबाट पूर्वतर्फ कर्णाली नदीबाट छूट्टिएर आएको नदी छ जहाँ र्याफ्टिङ खेलेर रमाईलो गर्न सकिन्छ।साथै मानिसहरू पौडी खेलेर समेत रमाईलो गर्ने गर्दछन। देशको इतिहाँस बोकेको टीकापुर पार्कमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
धनगढी पार्क (दशरथ–भीम उद्यान)
धनगढी पार्क (दशरथ–भीम उद्यान) कैलालीको धनगढी सहरको केन्द्रमा रहेको छ।पार्कको वरीपरी ताडा रूखहरू, र भित्र विभिन्न किसिमका फुलहरू रोपिएका छन। तालको बिच भागमा पानिको फोहरा निर्माण गरिएको छ।पार्क प्रवेश गर्दा टिकटको व्यावस्था गरिएखो छ।प्रत्यक दिनजसो सयौं मान्छेहरू यो पार्क घुम्न आउने गरेका छन। यो पार्कमा युवा जमात सेल्फी खिच्दै रमाईरहेको देख्न सकिन्छ। दे
शको इतिहाँस बोकेको धनगढी पार्कमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
प्रकाशेश्वर महादेव मन्दिर
टीकापुर नगरपालिका स्थित सत्ती बजारमा रहेको प्रकाशेश्वर महादेवको मन्दिर नेपालमै प्रसिद्ध छ। पूर्वतर्फ मुख फर्किएको सबभन्दा ठूलो तथा दुर्लभ शिवलिङ्क भएको यो मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ। यो मन्दिर टीकापुर बजारभन्दा ९ किलोमिटर दक्षिणतिर पर्छ।
घोडाघोडी ताल
घोडाघोडी ताल सुदूरपश्चिम प्रदेशकै एक रमणीय ताल हो। यो स्थल कैलाली जिल्लाको “पहलमानपुर“ र “सुखड“को विचमा पर्ने जंगलमा पर्दछ। पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ। पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई एक प्रख्यात पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा लिने गरिन्छ। घोडीको रूप धारण गरी लक्ष्मी तालमा आउनु भएपछि केही समयपछि विष्णु भगवान् समेत घोडाको रूप धारण गरी आउनुभएका कारण यस ताललाई घोडाघोडी भन्न थालिएको बताइन्छ। स्थानीय थारु भाषामा यस ताललाई त्यसै बेलादेखि घोडीघोडा ताल भन्न थालिएको हो। योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए। यो तालको इतिहास थारु जातिसँग गाँसिएको छ। स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकार मानिसको हात जस्तै रहेको छ।किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो। तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो। त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन्। तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन। त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको विचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए। तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो।यो ताल समुन्द्री सतह देखि २०५ मिटर उचाइमा रहेको छ। करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर रहेको छ। यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ। यस आसपासमा रहेक अन्य १३ वटा ससाना तालहरू समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुइसय ४८ हेक्टर रहेको छ। यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ। विश्व जलचर इतिहासमा सङ्गटपूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्कीहरूलाई अझसम्म पनि यो तालले संरक्षण दिइरहेका पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भएको छ।
हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सीमा टुङ्किन नपाउँदै अर्को ताल सुरु हुने तालै तालको माला झैं लाग्छ, घोडाघोडी क्षेत्र। पूर्व पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल क्षेत्र दुर्लभ चराचुरिङ्कीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित बासस्थान र जैविक विविधताको सङ्कमस्थल हो। यूरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद्, अनुसन्धानकर्ताका लागि यो क्षेत्र ज्यादै महत्त्वपूर्ण भएपनि नजीकको तीर्थ हेला भनेझैं घोडाघोडी ताल वरिपरिका बासिन्दाको क्रियाकलापबाट दिनदिनै क्षतविक्षत हुँदै गएको छ।
![]()
घोडाघोडी ताल
विश्व जलचर इतिहासमा संकटापन्न अवस्थामा पुगेका दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्कीहरूलाई यो तालले संरक्षण दिइरहेको पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचीकृत गरिएको हो। देश विदेशका संरक्षणविद् र अनुसन्धाताले यो क्षेत्रको विशेष रुचि लिने गरेका छन्।तालको दक्षिण–पश्चिममा राजमार्ग किनारामा घोडाघोडी बाबाको मन्दिर रहेको छ। यस मन्दिरमा विवाह पञ्चमीको दिन स्थानीय थारु समुदायले धूमधामसँग पूजा गर्ने गर्दछन्। यस बेला मन्दिरमा परेवा, हाँस, कुखुरा, बोका र बगरको बलि चढाइने गरिन्छ। मन्दिरमा पुजारीका रूपमा थारु समुदायकै व्यक्ति रहने गर्दछन्। ल्वाङ्की पूजा, मोहन्याल पूजा, कृष्णा अष्टमी, माघे सङ्क्रान्ति, शिवरात्रि र विवाह पञ्चमीका दिन यो क्षेत्रमा ठूला धार्मिक मेला लाग्छ।
गर्वा दरबार
चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिमकै एक मात्र राणाकालीन दरबार हो। अत्यन्त जीर्ण अवस्थामा रहेको भएतापनि विक्रम सम्बत १९८२ सालमा निर्माण गरिएको उक्त दरबारको ऐतिहासिक महत्त्व भने कम छैन। चौमालाबाट १८ किलोमिटर उत्तरतर्फ पर्ने यो दरबार चौमालाबाट ६ घण्टा पैदल हिँडेपछि पुगिन्छ। राणाहरुले दरबार बनाउन प्रयोग गरेको इँटा गर्भाको डाँडामा बनाएको इतिहास रहेको छ। देशको इतिहाँस बोकेको गर्वा दरवारमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
भादा होमस्टे
थारू जीवनशैली र संस्कृतिका लागि भादा गाउँ प्रख्यात मानिएको छ। धनगढी उपमहानगरपालिका– १६ मा रहेको भादा होमस्टे गाउँ थारू समुदायको जनजीवन लगायत खानेकुराका विशेष परिकारहरूको कारण प्रसिद्ध छ। धनगढीबाट बेली हुँदै भादागाउँ १७ किलोमिटर, पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किलोमिटर र झिलबाट १२ किलोमिटरमा रहेको यो गाउँ धनगढी बजारदेखि २० किलोमिटर पूर्वमा पर्छ। देशको इतिहाँस बोकेको भादा होमस्टेमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
गोदावरी
अत्तरियाभन्दा ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरी धाममा धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। हिन्दु धर्मावलम्बीहरुका लागि हरिद्वार झैं पवित्र धाम मानिएको यस क्षेत्रमा हनुमान मन्दिर सेवा समितिको पहलमा मूर्तिकार प्रभुराम महराद्वारा निर्मित नेपालकै सबैभन्दा अग्लो बजरंगवली हनुमानको ५२ फिट अग्लो मूर्ति पनि रहेको छ। देशको इतिहाँस बोकेको गोदावरीमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
खानीडाँडा
चुरे गाउँपालिकाको खाँनीडाडा प्राकृतिक रूपमा मनोरम स्थल हो। चिसो मौसममा गर्मी र गर्मी मौसममा चिसो अनुभव गर्न पाइने यस स्थानमा सोही अनुभूति गर्न र रमाइलो गर्न सिजनमा पर्यटकहरुको घुइंचो लाग्छ। चुरे शृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडा नजिकको कम्पासेधुराबाट पहाड र तराईका रमणीय दृश्य लगायत अपि सैपाल हिमाल पनि देख्न सकिन्छ। देशको इतिहाँस बोकेको खानीडाँडामा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
सिद्धनाथ देवताको प्राचीन मन्दिर
सिद्धनाथ देवताको प्राचीन मन्दिर कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वार्ड नम्बर ९ टुडीखेल भनिने स्थानको दक्षिणमा रहेको छ। प्राचीन सिद्दनाथ बाबाको मन्दिर, ब्रहमदेव कंचनपुर यस देवताको शिला यही स्थानबाट लगेर अन्यत्र स्थापना गरिएको हो। टुडीखेलमा स्थापित यहाँका प्राचीन यी सिद्धनाथ देवता कत्युरी वंशजका राजा ब्रहमदेव को राज्यकालमा भन्दा पहिले स्थापना गरिएका हुँन्। बैजनाथ देवतासँग पूर्णा गिरीमाता र कालिका देवी (कलपठ्ठे) पनि स्थापित छन्। महाकाली नदीको पश्चिममा पूर्णगिरीमाता र महाकाली नदीको पूर्वमा त्रिशुली गुफा थियो। यस त्रिशुली गुफामा सिद्धनाथ नामका तपस्पी बस्दथे। उनलाई माता पूर्णा गिरीको दर्शन गर्ने चाहना जाग्यो। सिद्धनाथ आफ्नो बृद्ध अवस्थामा त्यहाँको त्रिशुली गुफाबाट पूर्णागिरीमाताको दर्शन गर्न निक्ले उनले हिड्न नसक्ने भएपछि आफुलाई पूर्णागिरीमाताको स्थान सम्म पुगाई दिन अनुरोध गरेपछि डोटी क्षेत्रबाट घिउ बेच्न हिडेका एक जनाले आफ्नो डोकोमा सिद्धनाथ बाबालाई राखेर महाकाली नदी तर्न थाले यही समयमा पूर्णागिरीमाताले आकाशबाँणी भएर भनिन् बैजनाथबाबा तपाई दुःख नगर्नुहोस जो भक्तले मेरो दर्शन गर्ने छ उसले तपाईको पनि दर्शन गर्नेछ, भनेपछि सिद्धनाथ राजा ब्रह्मदेवले बसाएको ऐतिहासिक ब्रह्मदेव मण्डिको ५२ ढोका भनिने स्थानको दक्षिण झण्डै तीनसय मिटरको दुरीमा दक्षिण तर्फ स्थापित भएका हुँन्। यही स्थानबाट शिलालगेर वर्तमान कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालीकाको बजार क्षेत्रमा स्थापना गरियो। यिनै सिद्धनाथको एक अंश सिंहासनका कार्तिकेय (मोहन्याल) देवतासँग पनि सिध्द (सिद्धनाथ) देवताको नामले पूजीने गर्दछन्। प्रमूख स्थानबाट शिला ल्याएर स्थापना गरेको महेन्द्रनगर बजारका सिद्धनाथको प्रचार प्रसार, चर्चा र महत्त्व ज्यादा भएपछि त्यहाँका सिद्धनाथको दर्शन गर्नेहरूको भिड ज्यादा हुँने गर्दछ। राम्रो बाटो, यातायात, बजारको सुविधा भएको कारणले गर्दा पनि प्राचीन सिद्धनाथको स्थापना रहेको वर्तमान ब्रह्मदेव मण्डिबाट साडे चार किलोमिटर उत्तर महाकाली नदीको पूर्वी तटमा स्थापित प्राचीन सिद्धनाथ भन्दा त्यहाँबाट शिला ल्याएर स्थापना गरिएका महेन्द्रनगर बजारका नयाँ सिद्धनाथ चर्चामा रहेका छन्। यहाँको यो वास्तविकता थाहा पाउन सकेको खण्डमा र प्राचीन सिद्धनाथको यो स्थानक्षेत्रमा आवत जावतको सुविधा पुगाउन सकेको खण्डमा यसले महत्त्व पाउने निश्चीत छ। देशको इतिहाँस बोकेको सिद्धवावामा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज
यो राष्ट्रिय निकुन्ज ७ नं. प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ। महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो। निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ।यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ।
![]()
शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज
सन् २०१४ मा यस निकुन्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको छ। यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ। यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन्। सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंङ्गे गैडाको संंख्या १६ वटा रहेको छ भने सन् २०१८ मा गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १६ रहेको छ। निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ। बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ। जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन्। त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन्।वन्यजन्तु अवलोकनका लागि यो निकुन्ज स्वर्ग मानिन्छ। मध्यवर्ती क्षेत्रमा सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरू संचालनमा रहेका छन्। निकुन्जभित्र रहेको बस्ती स्थानान्तरण गर्दाको जग्गा समस्या समाधान नहुनु र चरिचरण यस निकुन्जको प्रमुख समस्याको रूपमा रही आएको छ। देशको इतिहाँस बोकेको शुक्ला फाँटामा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
वेतकोट ताल वा बेदकोट ताल
वेतकोट ताल वा बेदकोट ताल कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका मा रहेको छ। यो ताल दैजी बजारबाट करिब ७ कि.मि. उत्तरमा रहेको छ। डडेल्धुरा र कञ्चनपूरको सिमा छुट्याउने चुरे पहाडको तल वेतकोट ताल रहेको छ। तालको नजिकै एउटा मन्दिर रहेको छ। जहाँ पुजा र दर्शन गर्नेहरूको घुईचो हुने गर्दछ।
वेतकोट ताल (फोटो क्रेडिटः मनोज भट्ट, महेन्द्रनगर)
प्राकृतिक, रमणीय बेदकोट क्षेत्रमा पछिल्लो समय धार्मिक आस्थाका दृष्टिकोणले समेत श्रद्धालु दर्शनार्थी आउने गर्छन्। ताल नजिकै आराध्य देव शिवको मन्दिर छ। उक्त मन्दिरमा पुजापाठ, बिबाह, ब्रतबन्ध लगायतका शुभकार्यहरु गरिने हुँदा पनि यहाँ मानिसको आगमन बढिरहेको छ। तालको सुन्दरताले यहाँ आउने पर्यटकहरुको मन लोभ्याउँछ। तालको चारैतिर हरिया पहाड छन्। ताल क्षेत्रको वनबाट आउने चराचुरुंगीहरुको आवाजले पनि यहाँ आउने पर्यटकहरुको मन लोभ्याउँछ। यो ताल उचित संरक्षण नपाउदा उच्च जोखिममा परेको छ।तालको गहिराई पनि पूरिदै जान थालेको छ। ताल वरपर भर्मण गर्ध आउने मानिसहरूले फालेको फोहोर पनि त्यस्तै छ।यद्धपी अहिले मन्दिर तथा ताल व्यावस्थापन समिति भने निर्माण गरिएको छ।जसले सङ्कलन गर्ने रकमलाई यो क्षेत्रको संरक्षणमा लगाउने बताएको छ।यस्ता साँझा सम्पदाहरूको संरक्षण गर्न सबैको सहयोग अनिवार्य हुन्छ।र सबैले हातेमालो गरेर अगाढी बढेमा यो क्षेत्रको सम्वर्द्धन हुनसक्छ। हरियाली चुरेपर्वतको फेदीमा सानदार अवस्थीति भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ।वर्षेनी हजारौको संख्यामा मानिसहरू यो ठाँउ घुम्न आउने गर्छन।प्रकृतिको सुन्दरतासंग रम्दै शान्त मनले मन्दिरमा दर्शन पनि गर्न पाइने भएकाले यसको महत्त्व अझै बढाएको छ।राम्रो व्यावस्थापन संगै यो क्षेत्रको प्रवर्द्धन गर्न सके यो एउटा कञ्चनपुर जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्नेछ। देशको इतिहाँस बोकेको वेतकोट तालमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
डोटी
बाइसे–चौबिसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशालि मानिएको रैका राज्य या डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगङ्का (कुमाउँ) उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराईसम्म फैलिएको थियो। डोटीमा दुई राजवंशको राज्य स्थापित थियो। जसमध्ये कत्युरी र जुम्ला नागराजका वंशजका रैका राजा थिए। डोटीका शासक कत्युरवंशी (कत्युरी राजवंश)का राजा सुभिक्षराज सन् (१०४५–१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए। कत्युरी राजाको वंशजलाई बि.स १४२० पश्चातको युद्दमा रैका राजाले विजय गरेपछि डोटी बि.स १४४१ पछि रैका राजाको राज्यको रूपमा परिचित÷चर्चित बन्यो। डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। यहाका रैका राजवंशको राज्य बि.स १४४१ पछि रैका राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए। देशको इतिहाँस बोकेको डोटीमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा जिल्लाकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ। डोटि जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरु निम्नानुसार रहेका छन्।
शैलेश्वरी मन्दिरः सिलगढी राधाकृष्ण मन्दिरः सिलगढी
मष्टा मन्दिरः सिलगढी पञ्चेश्वर महोवः राजपुर
भिमसेन मन्दिरः सिलगढी दिलिपेश्वर मन्दिरः दिपायल
कोटभैरवः सिलगढी वडी केदारः लानाकेदारेश्वर
भागेश्वर मन्दिरः मुडेगाउँ वासुधारा कुण्डः दिपायल
घण्टेश्वर मन्दिरः गैरा वेतालमाण्डौंः सातफरी
सहश्रलिङ्गः खप्तड अश्द्वाराला मन्दिरः डौड
मालिका मन्दिरः काडामाण्डौं पशुपति मन्दिरः मुडभारा, राजपुर
डोटि जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरूमा खप्तड राष्ट्रिय निकुञ्ज , त्रिवेणी, नागढुङ्गा, सहश्रलिङ्ग, खप्तडदह, केदार ढुङ्गा, हात्तिपाइला क्षेत्र, घोडा, दाउन्ने , डाफेकोट, खप्तड बाबा आश्रम, बाघबुट्टे, निगालो, थरी थरीका बुट्टेदार फूलहरु(, छतिवन ताल, केदारमेला, लानाकेदारेश्वर, भिम छेदनशिला(सरस्वती नगर), सेती, कर्णाली दोभान,कानाचौर) आदि प्रसिद्ध रहेका छन्।
महेन्द्रनगर
महेन्द्रनगर नेपालको सुदूरपश्चिमी सीमानाको नजिकमा रहेको कञ्चनपुर जिल्लाको सदरमुकाम समेत हो। यो क्षेत्र प्रमुख व्यापारिक क्षेत्रका साथै औद्योगिक क्षेत्र समेत हो। नेपालको सुदूरपश्चिमी क्षेत्रबाट भारतसँग हुने निकासी पैठारी बढी मात्रामा यही क्षेत्रबाट हुने गरेकोले यसको महत्व बढ्न पुगेको छ।नेपाल र भारतको सीमानाको रूपमा रहेको महाकाली नदीमा निर्मित शारदा तथा टनकपुर बाँधहरू महेन्द्रनगरको नजिकै रहेका छन्।
वैजनाथ मन्दिर
कञ्चनपुर जिल्लामा अवस्थित यो मन्दिर धार्मिक पर्यटकहरुका लागि प्रमुख गन्तव्यका रुपमा रहेको छ। देशको इतिहाँस बोकेको वैजनाथमा पर्यटकीय सम्भावनाका अनेकौ छालहरु मडारीरहेका छन्। जुन छालमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सिञ्चन गर्न सकेमा यस प्रदेशकै मुहार फेरिन सक्ने सम्भावना रहेको छ।
दिपायल सिलगढी
सेती नदीको किनारमा रहेको दिपायल बजारको नजिकै त्यही नदीको अर्को किनारतर्फ रहेको अलिकति अग्लो डाँडा राजपुरमा अधिकांश प्रादेशिक कार्यालयहरु रहेका छन्। राजपुर दिपायल पुरानो डोटी राज्यको राजधानी सहरको रूपमा रहेको थियो भन्ने कुरा ऐतिहासिक तथ्यहरूले औँल्याएको पाइन्छ।सुदुरपश्चिम प्रदेशको बझाङ, बाजुरा, डोटी तथा अछाम जिल्लाको साँधमा पर्ने मनोरम पर्यटकीय र प्रसिद्ध धार्मिक स्थल खप्तडसम्म दिपायल सिलगढीबाट पैदल हिडेर पनि एकदिनमा पुग्न सकिने र खप्तड राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ र सुन्दर फूल, जडीबुटी, वन्यजन्तुहरू, ताल र खण्ड–खण्ड परेका रमणीय पाटन (मैदान) हरूको अवलोकन गर्ने अवसर पाइने हुनाले पनि दिपायल–सिलगढीको महत्व बढ्न गएको छ। दिपायल सिलगढी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। दिपालयल सिलगढी सेती नदीको किनारमा रहेको छ। सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन्। दिपायल सिलगढी वि.सं. २०३९ मा नगरपालिका घोषणा भएको हो। वि.सं. २०३८ सालमा रमणिय पौराणिक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना गर्ने क्रममा कोट भैरव र सिलगढीका गाउँ पञ्चायतका सबै वडाहरूका साथै तिखा र रनागाउँ गाउँ पञ्चायतका केही भूभागहरूलाई दिपायल नगर पञ्चायत बनाइएको थियो। शैलेश्वरी माताको मन्दिर सुदूर पश्चिमाञ्चलविकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढी मा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रूपमा रहेको छ। यहाँ देविको नित्य पुजा सिलगाउ निवासी भट्ट ब्राह्मण द्वारा गरिन्छ। प्रतेक वर्ष जेठ र कार्तिक पुर्णिमाका दिन वर्षमा लक्षबहन महायज्ञ परम्परागत रूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ। यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। भगवान शिव र माता पार्वती आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो। ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो। डोटीको मात्र नभई नेपालकै पर्यटकीय गन्तव्यको प्रमुख संवाहकको रुपमा रहेको यो स्थान सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
घटालस्थान बाबा
घटालस्थान बाबा मन्दिर डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं ७ मा अवस्थित छ। घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र २ गते मेला लाग्छ। त्यहाँका धामीहरूले आआफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन्।स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्दछन्। धामीहरूले पहिले–पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंबदन्ती स्थानीय रूपमा प्रचलित छ। मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दावी गर्ने गर्छन्। आफ्नो मनोकामना पुरा भएकाहरूले यहाँ बोका, राँगा, भेडा, कुखुरा जस्ता पशुपंक्षी बली दिन्छन्। किंवदन्ती अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लग्न नसकिएपछि त्यहीं नै घटालबाबा स्थापना गरिएको बताइन्छ। डडेल्धुरा ,डोटी लगायतका पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पुरा गरिदिने जनविश्वास रहेको पाइन्छ। खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन्।
घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभएता पनि किंवदन्ती भने यस प्रकार छ। महाभारतमा वर्णित भिमपुत्र घटोत्कच यहाँ जुन देवताको रूपमा पूजित भएका छन् तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो। घटाल श्मसानमा बस्ने हुदा त्यस ठाँउमा सधै मुर्दा जलाउने गरेको र बुढी घटाल नजिक ‘हाटा’ गाउँमा धेरै पहिले एउटा बृद्दा ब्राम्हणी बस्दथिन्। तिनि सधै डोटी खोलामा नुहाई देवताको पुजा पाठ गरी नित्य मध्यान्हको कालमा भोजन गर्ने गर्दथिन्। प्रतेक दिन त्यस ठाउँमा मुर्दा जलाउने गरेको समयमा पूजा पाठ र भोजन गर्ने कुरामा बाधा पर्न गएको रहेछ। एक दिन तिनले घटाल देवताको आव्हान गरिछन्। घटाल देवताले तिनलाई परेको असुविधालाई महसुस गरी त्याहाँबाट हाल रहेको ठाउँ एकान्त स्थल हुँदा त्यहीं बसोवास गरेका छन्। तेही बगिआएको घट्टको चक्कामा पुजा गर्ने र बलि दिने प्रचलन आएको छ। घटाल देवताले साक्षत शक्ती देखाएका थुप्रै उदारणहरू छन्। यिनलाई भिमसेन पत्र घटोत्चक तथा कसैले शिवको रूपमा लिन्छन्। जे भए पनि यि श्मसान बासी ठुला देउताहुन् भन्ने कुरामा याहाँका भक्तजनहरू विशस्त छन्। हरेक वर्षको बैशाख २ गते याहाँ भारि मेला लाग्छ। श्रदालु भक्तजनहरू यो शक्ति सम्पन्न देवता अपार श्रद्धा र भक्ति प्रकट गर्छन्। घटालको गर गहना चम्साल भन्ने गाँउमा राखिने तथा त्याहाँका वासिन्दा भरिया हुने व्यवस्था छ। पूजाको दिनमा देउरोको साथमा धामि झाँक्रिहरू नाचेर बाजा गाजाको साथ घटालस्थलमा पूजा सामाग्रि लगेर पूजा तथा जात्रा सिध्याएपछी पुनः भन्डारमा फिर्ता ल्याउने परम्परा छ। मानिसहरू घटाल देवताको पूजा गरेपछि पानि पर्ने विश्वस गर्दछन्। डडेलधुराको मात्र नभई नेपालकै पर्यटकीय गन्तव्यको प्रमुख संवाहकको रुपमा रहेको घटालस्थान बाबा मन्दिर सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
अमरगढी किल्ला
अमरगढी किल्ला अमरगढी नगरपालिकामा रहेको ऐतिहासिक किल्ला हो। यस अमरगढी नगरपालिकाको नामाकरण राष्ट्रिय बिभुती अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखिएको छ। डडेलधुरा बजार डडेल्धुरा जिल्लाको सदरमुकाम पनि हो। अमरगढी किल्ला डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा रहेको छ। यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ। यसको निर्माण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संचालित नेपाल एकिकरणको शिलसिलामा बिक्रम संम्बत १८४७ भाद्र १३ गते आइतबारको दिन सेती नदीको नारीदाङमा कप्तान रणविर खत्रीको नितृत्वमा आएका दश कम्पनिका गोरखाली सैनिक जवान र डोटेली सैनिक को विचमा घमसान युद्ध भयो। सो युद्धमा गोरखालि फौजिका सामुन्य डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र भु–भागको सुशानलाई सुदृढ र विस्तार गर्नको लागि अमरसिंह थापा यस क्षत्रको प्रथम प्रशासनको रूपमा नियुक्ति भएर आए। उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएको हुन्। यो किल्लाको निर्माण भइसकेपछी सरदार अमरसिंह थापा काजी जगतजित पाण्डे, कप्तान गोलैया कप्तान रणविर खत्री सुब्बा आदि सैनिक कमाण्डरहरूले यस अमरगढी किल्लालाई आधार किल्ला कायम गरी कालि कुमाउ सर गर्ने कार्य गर्दा विचबाटोमा घौलि थानेर रङगयौलीमा कुमाउको राजा मोहन चन्दको फौजले गोरखाली फौज माथि एक्कासी आक्रमण गरी दियो। यसवेला गोरखाली सैनिक सजक नभएको कारण फलत ः गोरखाली फौजिको पराजय भयो। तर केहि समय पछि उ पुनः कालि कुमाउ तर्फ अगाडि सरो। गोर्खाली सैनिकको अपर्व प्रदशनले स्वयम अमरसिंहको रणकुसलताले गोर्खालि सौनिकको विजय भयो। विजय अभियानको समाप्ति पछि अमरगढी किल्लाको माताहातमा रहने गरी एउटा किल्ला (छाउनि) कुमाउमा राखिएको थियो। यो विशाल किल्लाकै कारण १८७३ को अंग्रेज सितको लडाईमा महाकाली वरिको संरक्षण भयको थियो। यसरि ऐतिहासबाट के प्रष्ट हुन्छ भने १८७४ पछिको नेपाल को सार्वभौमिकतामा यस कोल्लाको सामरिक महत्त्व पनि धेरै छ। अमर सिंह थापाद्वारा निर्माण गरियको विशाल ढुङगे किल्लाको निर्माण कलात्मक तहेको र चारै तिर ढुङगाले बनाईएको उक्त किल्ला भित्र गुफाहरु बनाईएको छन। शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक सस्रप्रयोग र शत्रुद्धारा आएका सस्रनिरोध गर्ने मार्गहरूको निर्माण गरएको छ।आज भोलि किल्ला माथि ठुलाठुला वृक्षहरूको उत्पतिले किल्लाको एतिहासिक गौरब अझै झल्किन्छ भने किल्लाको विचभगमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्त्व झल्किन्छ।ऐतिहासिक किल्ला अमरगढी नेपाल एकीकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय किल्ला हो अमरगढी किल्ला। नेपाल एकीकरण अभियानका महत्त्वपूर्ण पात्र काजी अमरसिंह थापाको वीरताको गाथा बोकेको अमरगढी किल्ला डडेलधुरामा अवस्थित छ। काजी अमर सिंह थापाले उक्त किल्लालाई आधार शिविर बनाएर नेपाल एकीकरण अन्तर्गत पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेका थिए। डडेलधुरा जिल्ला को सदरमुकामको सिरानमा अवस्थित अमरगढी किल्ला ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। उक्त किल्ला कै नामबाट अमरगढी नगरपालिकाको नामकरण गरिएको छ। उक्त किल्ला ऐतिहासिक दृष्टिकोणले मात्र नभै राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक एवं पुरातात्त्विक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। किल्लाभित्र राखिएका सबै पुराना हातहतियारहरु सबै गाएब भएका छन्। अमरगढी किल्लाको नेपाली सेनाको टुकडीले सुरक्षा गर्दै आएको भए पनि यसको उचित मर्मत–सम्भारका लागि सम्बन्धित पक्षबाट ध्यान दिइएको पाइँदैन।डडेलधुराको मात्र नभई नेपालकै पर्यटकीय गन्तव्यको प्रमुख संवाहकको रुपमा रहेको अमरगढी किल्ला सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
उग्रतारा मन्दिर
उग्रतारा मन्दिर सुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ। यो मन्दिर डडेलधुरा देखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ। यो मन्दिरलाइ नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। धेरै वर्ष उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकि जातिको बसोबास रहेको थियो। जुनकुरा त्याहाको हाल रहेको भु–बनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ। हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरूले कृषि कार्य गर्दथे। एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन। रगत धेरै आउदा रगतको खोला बग्न शुरु भयो। हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ र यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खानु भनि ल्याएको ‘मास’ को खिचडी सोही सिलाको फालि लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो। त्यसपछि त्यस सिलाललाई सुरक्षित गरी मन्दिर निर्माण गरियो। ति किसान नै त्याहाँको पुजारी भए र तिनको सन्तानहरूले पुजारीहुदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब पाँच किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर अन्य परम्परागत क्रिया गरी वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने पर्चलन छ। यसरी पजारी अवतार नभएको अबश्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टाढा मात्र ब्राम्हणहरूले पुजा गराउने चलन छ। यिनै पुजारिको बारे अर्को किम्बदन्ती पनि छ एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवस्थासम्म पनि सन्तान नभएकोले सन्तान पाउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भन्दा उसले सन्तानको ढिपी गरिरहदा उनको छोरो भयो। छोरो ठुलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक वर्षको उग्रताराको मेला हुने अघिल्लो दिन सो गाँउमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत छ। आएका पाहुनाहरूको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन। सोही हुनाले आधारातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीको समय वितेकोर त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा पुर्न आक्रोसको साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्ट मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ। उग्रताराको महिमा बारे अर्को किम्बदन्ती पनि छ। कार्तिक पुर्णिमा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खाबाट लडाकुहरूले आ–आफ्नो विरतासाथ लडाई हुदा रगतको खोला बग्ने जसलाई यहा त्यहा न्वाखोलाकोरूपमा नामकरण गरिएको छ। यहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरिबाट मात्र नभई विभिन्न जिल्लाबाट मेला भर्न आउदछन। यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिउद लाग्ने हुँदा डडेलधुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आउछन।खनमडा, छचोडा,दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ। यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने ,मन्दिर पग्न अगाढी लटाउली, लगायतखनमडाट, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरी देउरो उग्रतारामा लगीन गौरवमय परम्परा आफैमा रोमान्चक छ।
धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको उग्रतारा मन्दिर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
बडीमालिका
बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो। यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ। यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन्। यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन्। पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन्। सतिदेवि दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन्। दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए। आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेविले यज्ञाकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन्। त्यसपछी महादेव रिसाएर शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहस नहस पार्न लगाए। त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले। यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए। यसरी ठाउँ ठाउँमा सतिका अङ्कहरू पतन हुँदै (झर्दै) खस्न थाले। यसरी ठाउँ ठाउँमा सतिका अंगहरू पतन हुँदै (झर्दै) खस्न थालेपछी जहाँ जहाँ सतिका अंग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए। यसै क्रममा मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो। त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो। र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन्।तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो।पौराणिक कालमा भगवतीले महिषासुर नामको दैत्यको वध गरिसकेपछि कालिकोटको “द्वारेढुंगा“ भन्ने ठाउँमा विश्राम गरेकी थिइन्। पछि गएर द्वारेढुंगामा एकजना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो। देवीले त्यो दलितको मनोरथ पूरा गरिदिइन्। दलितले पूरै बहरलाई एक्लै खान नसकिने भएकाले आफ्नो घरका मान्छेलाई बोलाएछ। उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन्। तब त्यो दलितलाई रिस उठ्यो। उसले भगवतीलाई भन्यो हे प्रमेश्वरी मेरा घरका सबै मान्छे मरुन्। देवीले पनि इच्छा अनुसार वरदान दिइन्। त्यसपछि बहरको मासु लिएर दलित घर गएछ। घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो। फेरि दलित रिसायर द्वारेढुंगा पुग्यो। देवी उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन्। दलितले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारे ढुङ्गामा देखिन्छ। यसो भएका कारण देवी सधैँका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पञ्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडीमालिकामा गएर बसिन्। त्यसैले दलितहरू बडिमालिका जाँदैनन् भन्ने विश्वास गरिन्छ। अन्य भक्तजनहरू जो बाटो देवी गएकी हुन् त्यही बाटो भएर जान्छन्।
![]()
बडीमालिका
धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको बडिमालिका बाजुराको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ। अत्यन्तै मनमोहक दृश्यहरु रहेको यस गन्तव्यमा जो कोहि आनन्दित नभइरहन सक्दैनन।
बरदादेबी भगवतीको मन्दिर
बरदादेबी भगवतीको मन्दिर अछाम जिल्लाको गाजरा गाउँमा स्थापना गरिएको छ। यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको बरदादेबी भगवतीको मन्दिर अछाम जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
त्रिपुरा सुन्दरी मन्दिर
त्रिपुरा सुन्दरी मन्दिर बैतडी जिल्लाको दसरथचन्द नगरपालिकाको वार्ड नंवर ९ मा पर्दछ। यो देवी त्रिपुरा सुन्दरी भगवतीको मन्दिर नेपालको सुदुर पश्चिमको एक प्रख्यात मन्दिर हो। यस मन्दिरलाई सुदूर पश्चिमकी ९ देवीहरूमा एक देवीको मन्दिर मानिन्छ। यो मन्दिरलाई माता भगवती मानेर पुजा आराधना गर्ने गरिन्छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिर वैतडी जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
मेलौली भगवती मन्दिर
महाकाली अञ्चल वैतडी जिल्लाको तल्लो स्वराड अन्तरगत पर्ने मेलौली गाँउपालीका महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकार जस्तै बनेको अति सुन्दर मैदानमा प्रसिद्घ मेलौली भगवतीको मन्दिर अवस्थित छ। जो प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय रहेको छ। मेलौली यहाँको प्रसिद्घ स्थानीय भगवतीको नाम हो। यो मन्दिर वैतडी जिल्लाको मात्रै नभएर सुदूरपश्चिम नेपालकै प्रसिद्ध मन्दिर हो। यसको अवस्थिति बैतडी पाटन न.पा.बाट दक्षिण पश्चिममा करिब ३३ कि.मि.को दुरीमा छ। पुरानो क्षेत्र विभाजनको आधारमा मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात एक दिनको पैदल दुरीमा पर्दछ। यस मन्दिर परिसरको जग्गाको क्षेत्रफल १३४ रोपनी छ। विशाल दुवाचौरमा आकर्षक शिखरशैली भित्रपर्ने प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ। यो मन्दिर समुद्री सतहबाट लगभग १७०० मिटरको उचाईमा अवस्थित छ। बैतडी जिल्लामा यतिको उचाईमा सम्म परेको दुबोचौरले भरिपूर्ण एक मात्र स्थल यही मेलौली मन्दिर परिसर मात्रै हो। यहाँको हावापानी बाह्रै महिना समशीतोष्ण रहन्छ। पाटन न.पा.बाट सर्माली हुँदै पञ्चेश्वर जाने सडक यसै मेलौली मन्दिर परिसर भएर गइरहेको छ। इतिहासमा विभिन्न राज्यहरूको आरोह–अवरोह संगै यस मन्दिरको पुनःनिर्माण कार्य पनि हँुदै आइरहेको पाइन्छ। यस मन्दिरको नवीनतम् पुनःनिर्माण कार्य वि.सं २०३८ सालबाट सुरु भइ २०४३ सालमा सम्पन्न भएको थियो। यस वर्ष २०७३ सालको सुरुवात संगै यस मन्दिरको पुनःजीर्णोद्धार कार्यको शुभारम्भ गरिएको छ। मन्दिरको छाना मर्मत संभार गर्ने सिलसिलामा ताम्रपत्रले छाना छाउने उद्येश्यका साथ मन्दिर कोषका अतिरिक्त स्थानीय जनताको चन्दा–भेटीबाट थप सहयोग प्राप्त गरी काम अगाडि बढिरहेको छ। प्रसिद्ध शक्तिपीठका रूपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येकवर्ष कात्र्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन हुने गर्दछ। उक्त अवसरमा यहाँ करीब दुईसय देखि पाँचसय सम्म ठूला राँगा र सोही सङ्ख्यामा बोकाहरूको बली दिइने गरिन्छ। लगभग चार दिन सम्म रहने जात्रा (जाँत)मा करौडौको व्यापार हुन्छ। नेजा, ध्वजा ,भाना, भोक्कर, झाँज लगायत दाईन–दमाहाको बाजा–गाजा सहित श्वेत फेटा र बागो लगाई सुन चाँदीको गहनामा सुशोभित हातमा चामर लिएर मेलैली र उदयदेवका धामीहरूले दशौँ व्यक्तिहरूले बोक्ने चक्डोलमा सवार भइ पूर्णिमाका बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्नेगरेकोे अनुपम दृश्यले दर्शकहरूलाई मन्त्रमुग्ध तुल्याउँछ। यो अवसरलाइ धामीकाम्ने, डेउडाखेल्ने, आफन्त तथा इष्टमित्रहरूसँग भेटघाट हुने अवसरका रूपमा पनि लिने गरिन्छ। मन्दिर परिसरको मध्यमा रहेको २५ मिटरभन्दा बढी उचाइ भएको फलामे पिँङ जसलाइ स्थानीय भाषमा ‘हिंगलो’ भन्दछन्। सम्भवतः यो सु. प. मा नै सबभन्दा अग्लो पिङ् हुनु पर्दछ। यसका अलावा यसमन्दिरमा चैतै नवरात्र र असोजका नवरात्रमा पनि नित्य पाठ–पूजा र बली चढाइने गरिन्छ। श्रावण र भाद्र महिनामा पर्ने सुदूरपश्चिमको प्रसिद्ध चाड गौरापर्वमा समेत यहाँ ठूलो मेला लाग्ने गर्दछ। सु.प.मा गौरा पर्व यस मन्दिर परिसरमा सबैभन्दा लामो समयसम्म रहने गर्दछ। गौरापर्वमा स्थानीय देवी–देवता ,वीरपुरुषहरु, भगवती, कौरव ,पाण्डव तथा रामका कथाहरू ढोल र मजुरा बजाई ठाडो खेलको रूपमा युवा–युवतीहरु तथा बृद्धहरु ठूलो श्रद्धाका साथ खेल्ने गर्दछन्। यी जात्राहरूमा महिलाहरूले लगाउने पुरानो समयको पहिरन अंग्रेज कालका चाँदीका भिक्टोरियन कम्पनीमाला, झुमझुमी बाला, नथु, मुदडा,कन्नी पैडा, आङ्गडो, घाँगरो, पिछौडा, गामन इत्यादि आफ्नो पारम्परिक पोसाकहरुका साथ सु–सज्जित बृद्ध महिलाहरूको समूह अत्यन्तै रोचक र मनमोहक लाग्ने गर्दछ। तर नयाँ पिढिका युवा र युवतीहरूले पाश्चात्य शैलीको अनुकरण गर्दा यो पहिरन अब पूर्णरूपले लोपोन्मुख अवस्थामा रहेको छ।
मेलौली भगवतीको मन्दीर हाल शिखर शैलीभित्र पर्ने प्यागोडा शैलीमा निर्माण गरिएको छ। यस मूल मंन्दिरका अतिरिक्त पोखरी स्थित भगवतीको भण्डार घर (भणार)लाई तथा काफडी स्थित ठाकुर मन्दिरलाई पनि प्यागौडा शैलीमा निर्माण गरिएको छ। यी दुबै मन्दिर दर्शनीय छन्। काँडा बजार स्थित शिखर शैलीको शिवमन्दिर नजिकको टोल र गाउँहरूमा मष्टा, गैसरे,बामनी, सिद्ध, भूतनाथ, लाटो, रतनपुरी आदीका देवस्थान र माण्डौ खुला देवस्थानका रूपमा स्थापित गरिएका छन्। विभिन्न पर्वमा आ–आफ्नो जातीयपरम्परा अनुसार पूजा–आजा गर्ने चलन छ। यी देवी–देवतालाई मेलौली भगवतीका सहयोगी शक्तिका रूपमा लिने गरिन्छ। यस मन्दिर परिसरबाट एक दुईघण्टाको पैदल दुरीमा रहेका प्रसिद्ध मन्दिरहरूमा शिवनाथ, महारुद्र, ठाकुरमन्दिरउदयदेव, ग्वाल्लेक केदार, गंगेश्वर, आदी दर्शनीय धार्मिक स्थलहरु अवस्थित छन्। यस मन्दिरको पश्चिममा पर्ने अम्चोराभन्ने ठाउँमा शिव–पार्वतीको व्रmीडास्थलको रूपमा विश्वास गरिएको देवतालको समीपमा गणमेश्वर शिवको सिंहमर्मरको अति सु–मनोहर मन्दिर निर्माण गरिएको छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको मेलौली भगवती मन्दिर वैतडी जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
श्री निङ्कलासैनी मन्दिर
श्री निङ्कलासैनी मन्दिर बैतडी जिल्लामा अवस्थित छ। यो मन्दिर सुदूर पश्चिमक्षेत्रकै प्रमुख मन्दिर मानिन्छ। यस मन्दिरमा हरेक वर्षको बडा दसैँ र चैते दसैँमा कम्तिमा पनि ९००देखी १३०० सम्म रांगाको मात्रै बलि चढाउने गरिन्छ भने ३०० देखि ५०० सम्मा बोकाको पनि बलि दिइन्छ। यस मन्दिरमा टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन्। यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री निङ्कलासैनी मन्दिर वैतडी जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
सुरमा भगवती अथवा सुर्मा भवानी मन्दिर
सुरमा भगवती अथवा सुर्मा भवानी मन्दिर बझाङ जिल्लाको सुर्मा गा.बि.स मा अवस्थित छ। यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। यो मन्दिरमा साउने पुर्णिमामा ठुलो मेला लाग्ने गर्दछ। यो पर्वमा सुर्मा देवी भगवतीको दर्शन गर्न जाने भक्तजनहरूले सदरमुकाम चैनपुरबाट नियम अनुसार डोगाड, धोगाड र ठगुन्नाडा बास बसी चोखोभइ जाने गरिन्छ। सुर्मा देवी भगवतीको मन्दिर नजिक सुन्दर सुर्मा सरोबर (ताल) पनि रहेको छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री सुरमा भगवती अथवा सुर्मा भवानी मन्दिर बझाङ जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
गोदावरी भगवतीको मन्दिर
गोदावरी भगवतीको मन्दिर कैलाली जिल्लाको गोदावरी गाउँपालिकामा अवस्थित छ। यो मन्दिरला नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। गोदावरी नदीको छेवैमा रहेको यो मन्दिर बाहेक यहाँ अन्य देबि देवाताकापनि मन्दिरहरु रहेका छन।यस ठाउमा खासगरी शिवरात्री, माघेसंक्रान्ति र नवरात्रीमा पूजा आजा र मेला लाग्ने गर्दछ। यहाँ बिबाह, ब्रतबन्ध तथा अन्य धार्मिक कार्यहरु गर्ने गरिन्छ गोदावरी खोलामा माछा मर्दा एकजना थारुले जाल हान्यो, त्यो जाल ढुंगाको नारीमुर्तीमा गएर आल्झियो। त्यो थारुले त्यो ढुंगामा केहि शक्ति भएको मानि खोलाको पश्मिम पट्टि स्थापना गरिदियो। ढुंगाको सानो मन्दिर बनाएको भएपनि हात्तीले त्यो मन्दिरलाई भत्काएर भासी दियो। पछि त्यो ठाउमा बेलको रुख उम्री न पुग्यो र त्यसमा चौतारो बनाएर बनदेवीका नाउले पूजा हुदै आयो। बि.स. २०१८ सालमा संसारको प्रलय हुने हल्लाले केहि मानिस तेही ठाउमा आएर शिवको महिमा गाई मन्दिर स्थापना गरी बसे र पछि बि.स. २०२३ सालमा धनगढी डडेल्धुरा राजमार्ग बनाउने ठेकेदारले त्यो मन्दिरको मर्मत गरिदिएको थियो। पछि त्यो ठाउमा शिवको महिमाका साथै गोदावरी भगवतीको महिमापनि बढ्दै गएको बताइन्छ। बनदेबिले सपनामा आइ आफुलाई दर्शन दिएको हुनेले गोदावरीमा आइ योगी भएको बताउने त्रिलोकनाथ गिरीले त्यो ठाउँको विकासमा ठुलो योगदान पुर्याउदै आउनु भएको छ।धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री गोदावरी भगवतीको मन्दिर कैलाली जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
ठुलो केदार
ठुलो केदार नेपालको डोटी जिल्ला बडीकेदार गाउँपालिका वडा नं ५ मा अवस्थित एक पबित्र धार्मिक स्थल हो। यसलाई सुदूर पश्चिम प्रदेशकै प्रख्यात धार्मिक स्थलका रूपमा मानिन्छ। ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रूपमा पूजा गर्दछन्। यो मन्दिर डोटी बोगटान मान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखर गरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेका छन्। यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ। डोटी जिल्लामा केदारका मन्दिर (माडौं) पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ। यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ। डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ। यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ। ब्राह्मणहरूले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन्। यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन्। अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन्। यिनै केदारका पुत्र कार्तिकेय (मोहन्याल) मानिन्छन्। यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ। यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ। तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ। तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ।। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री ठुलो केदार मन्दिर डोटी जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
मुसे माडौ
अछाम जिल्लाको विनायकमा मुसे माडौ छ। त्यहाँ मुसेलाई मष्टो भनिन्छ। जनैपूर्णिमा, अनन्तचर्तुदशी वा मंसिर शुक्ल चर्तुदशीका दिन मुसेमाडौंमा धुमधामसँग मेला लाग्छ। वलि पनि गर्ने गर्दछन्। अनन्ते चर्तुदशी भनेको दाडेमष्टोको तिथि हो। दाडेमष्टोलाई डोटी भेगमा खापरेको नामले पनि सम्वोधन गरिन थालियो। यसैलाई मसे÷मुसे देवता भनियो। तान्त्रीक विधिको मष्टो परम्परा कर्णाली प्रदेशमा प्रसस्त भेटिन्छ।यस मेलामा लानाकेदारेश्वर तथा धिर्कामाण्डौका मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन। किन भने विशेष गरी यी दुई गा०वि०स०बाट देवताको देउरो आउछ। बाँकी केदारको वरिपरि रहेका सिमचौर ,केदारअखडा, कानाचौर, चवाराचौतारा, सातफरी, मान्नाकापडी, बर्छैन, निरौलीका मानिसहरु धेरै जसो आउने गर्छन। श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढाबाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न आउने गर्दछन। अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढाबाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरूको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ।त्यही वास्तबिकतमाको कारण हो कि कैलाली जिल्लाको विभिन्न स्थानबाट थारु समुदायका मानिसहरु यहाँ हर्क वर्ष आउने गर्छन। त्यसैमा पनि जसको सन्तान छैनन् त्यस्ता दम्पत्ति एक चोटी ब्रत लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्थान ल्याएर केदार आउने गरेको वास्तविकता सबै सामू घाम जस्तै छर्लङ्क छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री मुसे माडौ मन्दिर अछाम जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
देवलहाटको मन्दिर
देवलहाटको मन्दिर बैतडी जिल्लाको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको छ। यो मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ। युद्धको समयमा पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन्। यो पाँच वटा कुवाहरूबाट निर्मित छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री देवलहाटको मन्दिर बैतडी जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
श्री त्रिपुरासुन्दरी (बुढी घटाल)
श्री त्रिपुरासुन्दरी (बुढी घटाल) नेपालको महाकाली अञ्चलमा पर्ने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. २ मा अवस्थित छ। बुढी घटाल देवतालाई अति पावन स्थल मानिएको छ यो स्थल सदरमुकामबाट करिब २ कि. मि. टाढा डोटी खोलाको किनारामा महाभारत श्रीखलाको फेदिमा रहेको छ।पौरानिक कालदेखी आफ्ना सधक भक्तजनहरूलाई ईच्छित मुक्ति प्रदान गर्ने आदि शक्तीको रूपमा त्रिपुरा सुन्दरी नामले अति प्रख्यात रहंदै आएकी छन्। यिनै जगतमाताको नजिक रमणिय टाकुरामा परिपुर्णेश्वर महादेवको वाण लिङग वा शोव पञ्चायनका अति मोनमोहक देवताहरूको समेत स्थपना भई सुन्दरताको जीवन्त उदारण प्रस्तुत गरेको छन्। अध्या शक्ति त्रिपुरा सुन्दरी जगतमाताको उत्पतीको विषयमा कहिलेदेखी उत्पति भएको हो भन्ने प्रमाण छैन। यथार्थ त्रिपुरा सुन्दरी माताको मुर्ति स्थपना भएको नभई स्वयम उत्पति भएको कुरा निर्विवाद छ। जगतमाता को मुर्ति रहेको ठाँउमा धेरै वर्ष अघाडी कुनै मन्दिर नभएको कुरा बुढापाकाबाट थाहा पाउन सकिन्छ। माता त्रिपुरा सुन्दरिको मन्दिर निर्माण गराउने शिलसिलामा स्वामि माधवानन्द गिरी ज्युलाई स्वप्नामा माताले दर्शन दिनुभएको र मन्दिरको जग खन्दा प्राचिन मूर्तिलाई साविक स्थानमा सुरक्षित नै राख्ने त्यही मणियुक्त नागको दर्शन पाइन्छ। यस मन्दिरको बार्षिक पूजा आजा गर्ने परम्परा अर्थात मुर्ति उत्खनन नगर्ने आदेश भएको भनिन्छ। त्रिपुरा सुन्दरी माताको मन्दिर परिशर भित्र एक मणीले युक्त भएको नाग रहन्छ साधक परुषहरूका अनुसार आजसम्म पनि सारदिय नव रात्रि पर्वमा पूजा पाठ ध्वनी आदि चल्दै आएको छ। माताको मन्दिर करिब ८० वर्ष अघि सिद्ध महात्मा माधवा नन्द स्वामिजिले निर्माण गराएको हुन्। हाल करिब ३० वर्ष देखि पूज्यपाद स्वामि दिगम्बर गौरी शंकर पुरी ज्यू महाराजको अखण्ड आश्रमको रूपमा सुप्रसिद्ध यस पवित्र देवस्थलमा अनेकौ प्रकारको धार्मिक सामाजिक कार्यक्रमका साथै विविध निर्माण कार्यहरू अविरल रूपमा प्रवाह भैरहेको कुरा सर्वविदित नै छ। यस धार्मिक तथा सामाजिक क्षेत्रको चारै तिर करिब ५७६ मिटर लम्बाई २ मि. उचाईं तथा १/२ मिटर चौडाईं भएको ढुङगाको ठुलो पर्खाल निर्माण गरिएको छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री त्रिपुरासुन्दरी (बुढी घटाल) डडेलधुरा जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
परशुराम धाम
भगवान विष्णूका दश अवतार मध्ये परशुराम अवतार भएको धाम डडेल्धुरा जिल्लाको परशुराम न पा वा नं ५अन्तरगत महाकाली नदिको किनारमा एला नदिको संगम संगै रहेको छ। एकातिर चूरे पर्वत शृङ्खला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुराको सदरमुकाम देखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ। स्कन्द पुराणको मानस उल्लेख भए अनुसार नजीकै रहेको पूर्णागीरी मन्दिर सतिदेवीको पूर्ण अंग पतन पछि भगवान शिवले शशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका हुन्। पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको हो। महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढंगामा बसेर भगवान शिव र विभिन्न ऋषिहरूले तपस्या गरेको उल्लेख गरिएको पुराणमा सबै धामको पुण्य परशुराम धामबाट पाउन सकिने उल्लेख समेत गरिएको छ।स्कन्द पुराणको मानस खण्डमा उल्लेख भए अनुसार महाकाली नदिको दक्षिण तर्फ एलाको संगममा अवस्थित परशुराम क्षेत्रका बिषय तीनलोकमा चर्चा छ। जामदन्यं समं क्षेत्रम त्रैलोक्येन मयिक्षितम। यत्र स्नात्वा भवेतस्मात प्रीयो देवस्य चक्रीण।। परशुरामतीर्थ मा परशुरामजीले चिरञ्जीवीको वरदान पाएका थिए।भगवान शिवको कठोर तपस्या गरि फर्सा प्राप्त गरेका थिए।भगवानको अवतार धारण गरेको,चिरञ्जीवीको वरदान प्राप्त गरेकाले तीनलोकमा कहि नभएको परशुराम तीर्थ छ भनिएको छ।परशुरामतीर्थमा महाकाली नदि स्नान गंगा स्नानको भन्दा सय गुणा बढी पुण्य प्राप्त हुन्छ।परशुरामतीर्थमा स्नानको निकै ठूलो महत्व छ।माघ स्नानलाई विशेष रुपमा लिइन्छ।मकर स्नान गर्नका लागि पुस मसान्तमा जाग्राम बसि मकर उदय संगै स्नान गर्ने गरिन्छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री परशुराम धाम डडेलधुरा जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
बन्ना केदार
डोटी जिल्लाको तल्लो बोगटान बर्छैन गाउँ विकास समिति वार्ड न ८ बन्ना भन्ने ठाउँमा बन्ना केदार स्थापित छन्। यी केदार कश्यप गोत्रीयसँग जोशी सम्बन्धित छन्। यहाँ कार्तिक शुक्ल त्रियोदाशीका दिनमा जांत हुन्छ। यस वर–परका मान्छेहरू यहाँको केदारमा जान्छन्। राती देउडा खेल्छन्। चुर बाल्छन्, धामी नाच्छन रमाइलो हुन्छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री बन्ना केदार मन्दिर डोटी जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
बेहडाबाबा मन्दिर
बेहडाबाबा मन्दिर कैलाली अवस्थित एक धार्मिक स्थल हो। यो धनगढी उपमहानगरपालिकाको वडा नं १६मा अवस्थित छ। हरेक वर्ष गंगा दशहराको बेला यहाँ ठुलो मेला लाग्ने गर्छ। यस बेला यहाँ नेपाल र भारतका गरी ठुलो संख्यामा भक्तजन तथा दर्शनार्थीहरूको भिड लाग्ने गर्छ। आफ्ना् मनोकामना पुराहुने आशाले भक्तजनहरु यहाँ आउने गर्छन। बेहडाबाबा फुल लिङ्ग शिव भगवानको प्रतिकको रूपमा मानिन छ।
धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री बेहडाबाबा मन्दिर कैलाली जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
महारुद्र मन्दिर
महारुद्र मन्दिर बैतडी जिल्लाको पाटन नगरपालिका वार्ड नं.१२ उपल्लो सोराढ क्षेत्रमा अवस्थित डडेल्धुरा–वैतडी दशरथ चन्द राजमार्ग नजिक रहेको छ। यो मन्दिर महारुद्र देवताको प्रसिद्ध मन्दिर हो। यस मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल र चैत्र शुक्ल नवमी तिथिमा विशेष पूजा लाग्ने गर्दछ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री महारुद्र मन्दिर बैतडी जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
गजरा मन्दिर
दशैंमा ठूलो भीड लाग्ने गजरा मन्दिर अछाम जिल्लाको गजरामा छ । जुम्लाका तत्कालीन राजाले अछाम जित्न यही मन्दिरमा पूजाआजा गरेको कुरा इतिहासमा उल्लेख छ। कुनै महत्त्वपूर्ण काम गर्नुपर्यो भने अछामवासीहरू यो मन्दिरमा पूजा गर्छन्। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री गजरा मन्दिर अछाम जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
त्रिपुरासुन्दरी मन्दिर
डोल्पा जिल्लाको जुफाल विमानस्थलबाट करिब दुई घन्टा पैदल हिँडेपछि भेरी नदी आउँछ। त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ। दुवैतर्फ खोलाको बीचमा रहेको थुम्कोमा अवस्थित त्रिपुरा सुन्दरी भगवतीको मन्दिर त्रिपुराकोटमा अवस्थित छ। चैते दसैँ र बडादशैमा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्ति केन्द्र हो। यो मन्दिरमा पञ्चबलि दिने चलन छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री त्रिपुरासुन्दरी मन्दिर डोल्पा जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
शैलेश्वरी माताको मन्दिर
शैलेश्वरी माताको मन्दिर सुदूर पश्चिमाञ्चलविकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढी मा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रूपमा रहेको छ। यहाँ देविको नित्य पुजा सिलगाउ निवासी भट्ट ब्राह्मण द्वारा गरिन्छ। प्रतेक वर्ष जेठ र कार्तिक पुर्णिमा का दिन वर्षमा लक्षबहन महायज्ञ परम्परागत रूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ। यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। भगवान शिव र माता पार्वती आफ्ना् विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो। ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री शैलेश्वरी माताको मन्दिर डोटी जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
शैल्य शिखर मालिकार्जुन मन्दिर
शैल्य शिखर मालिकार्जुन मन्दिर नेपालको दार्चुला जिल्लामा अवस्थित छ। यस मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरेको छ। राष्ट्र को सातौ धाम तथा जिल्लाकै प्रमुख धार्मीक पर्यटकीयस्थलका रूपमा चिनिदै आएको यस मालिकार्जुन मन्दिरमा विशेष गरी प्रत्येक वर्ष कार्तिक वा मंसीर महिनामा जात्रा र भदौ महिनाको गौरा पर्व लाग्ने गर्दछ। यस मालिकार्जुन मन्दिरबाट ५००० मिटर को उचाईमा श्री शैल्य शिखरधाम छ। यस शैल्य शिखरधाममा विशेष गरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदसिका दिन जात्रा लाग्ने गर्दछ। श्री शैल्य शिखर धामको दर्शन गर्न महिलाको हकमा विबाहित र पुरुषको हकमा ब्रतबन्ध गरेकाले मात्रै जान सक्छन्। पाउछन पनि, मालिकार्जुन गाविसमा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ। लटिनाथ मालिकार्जुनका सुपुत्र हुन् भने कैलपाल लटिनाथ देवताका भाइ अर्थात उनका मामाका छोरा हुन् भन्ने यहाँका बुढापाखाहरू बताउछन्। मालिकार्जुनलाई धार्मिक पर्यटन गनतब्यस्थलका रूपमा विकास गर्न तथा यहाँ रहेका प्राचिन धार्मिक महत्त्व बोकेका ऐतिहासिक धरोहरहरूको अनुसन्धान, अन्वेषण तथा संरक्षणका लागि मालिकार्जुन पर्यटन पूर्वाधार विकास समिति क्रियासिल रहँदै आए पनि देशमा लम्बिदो संक्रमण अस्थिर राजनीतिले अपेक्षाकृत रूपमा काम हुन सकेको छैन।
श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ। भारतमा भएको धार्मीक दंगाका बखत १६ औँ सताब्दी तिर नेपाल विभिन्न राज्य उपराज्यहरूमा विभाजन थियो। कर्णाली प्रदेस अन्तरगत डोटीराज्यमा मल्ल वंशका राजाहरू शासन गर्दथे। भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुंदै गए। हुँदा हुदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्ना् इष्टकुलसहित नेपाल प्रवेस गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ। धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुंदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्नेठाउँमा वास बसेको श्रुति छ। त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ। त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादुन आदि ठाउँ पुगेका इतिहास छ। डोटीका राजा नागी मल्लको पालामा विभिन्न ठाउँमा रहेका शक्ति केन्द्र र शक्ति पीठहरूमा मन्दिर, धर्मशाला र शिलालेख बनाइएको पनि देखिन्छ। यता श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतिमा समेत बास बसेको कथन छ। श्री मालिकार्जुन ज्योर्तिलिंग स्थायी वासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ। मालिकार्जुनको शैल्य शिखर धाम मालिकार्जुन र ग्वानी गाविसको बिचमा पर्दछ। आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए। उनका अन्य साथिहरू प्रभुको ज्योर्तिलिगंको खोजीमा क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए तर, कहि कतै पनि उनीहरूले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए। यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए। सपनामा अभयराज पाण्डेयलाई प्रभुले भन्नु भएछ, ‘तिमी चिन्ता नगर त्यहाँ डिडेकोटमा बस्ने डिङे राजाले दैनिक पशुबली गरेर वातावरण र मलाई समेत दुषित बनाउने काम गर्न थाल्यो, उसको कोट उचाईमा छ र रिठामा बस्दा म चाहि गहिराइमा परे। त्यसो भएको हुनाले मैले स्थायी रूपमा बास बस्ने योगय र उचित ठाउँ शिखर पर्वत भेट्टाएको छु, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको छुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्ना बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्ने बाघले तिमीलाई म कहाँ पुर्याउने छ।त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनिमा भने जस्तै उसको अगाडि प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ। बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो। अनि बाघ सरासर आफ्ना् बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि–पछि लाग्छन्। बाघले उनलाई शिखर पर्वतको शिलामा पुर्याउछ। त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउछन्। अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले वाणि सुन्छ। महाराज मालिकार्जुनले अभयराजलाई भन्नुभयो, हे भक्तराज मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ। अरु भक्तहरूलाई पनि यही आउन भनि दिनु भन्दै आकाश वाणि बन्द हुन्छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री शैल्य शिखर मालिकार्जुन मन्दिर दार्चुला जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
सिद्धनाथ मन्दिर
सिद्धनाथ देवताको प्राचीन मन्दिर कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वार्ड नम्बर ९ टुडीखेल भनिने स्थानको दक्षिणमा रहेको छ। प्राचीन सिद्दनाथ बाबाको मन्दिर, ब्रहमदेव कंचनपुर यस देवताको शिला यही स्थानबाट लगेर अन्यत्र स्थापना गरिएको हो। टुडीखेलमा स्थापित यहाँका प्राचीन यी सिद्धनाथ देवता कत्युरी वंशजका राजा ब्रहमदेव को राज्यकालमा भन्दा पहिले स्थापना गरिएका हुँन्। बैजनाथ देवतासँग पूर्णा गिरीमाता र कालिका देवी (कलपठ्ठे) पनि स्थापित छन्। महाकाली नदीको पश्चिममा पूर्णगिरीमाता र महाकाली नदीको पूर्वमा त्रिशुली गुफा थियो। यस त्रिशुली गुफामा सिद्धनाथ नामका तपस्पी बस्दथे। उनलाई माता पूर्णा गिरीको दर्शन गर्ने चाहना जाग्यो। सिद्धनाथ आफ्ना् बृद्ध अवस्थामा त्यहाँको त्रिशुली गुफाबाट पूर्णागिरीमाताको दर्शन गर्न निक्ले उनले हिड्न नसक्ने भएपछि आफुलाई पूर्णागिरीमाताको स्थान सम्म पुगाई दिन अनुरोध गरेपछि डोटी क्षेत्रबाट घिउ बेच्न हिडेका एक जनाले आफ्ना् डोकोमा सिद्धनाथ बाबालाई राखेर महाकाली नदी तर्न थाले यही समयमा पूर्णागिरीमाताले आकाशबाँणी भएर भनिन् बैजनाथबाबा तपाई दुःख नगर्नुहोस जो भक्तले मेरो दर्शन गर्ने छ उसले तपाईको पनि दर्शन गर्नेछ, भनेपछि सिद्धनाथ राजा ब्रह्मदेवले बसाएको ऐतिहासिक ब्रह्मदेव मण्डिको ५२ ढोका भनिने स्थानको दक्षिण झण्डै तीनसय मिटरको दुरीमा दक्षिण तर्फ स्थापित भएका हुँन्। यही स्थानबाट शिलालगेर वर्तमान कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालीकाको बजार क्षेत्रमा स्थापना गरियो। यिनै सिद्धनाथको एक अंश सिंहासनका कार्तिकेय (मोहन्याल) देवतासँग पनि सिध्द (सिद्धनाथ) देवताको नामले पूजीने गर्दछन्। प्रमूख स्थानबाट शिला ल्याएर स्थापना गरेको महेन्द्रनगर बजारका सिद्धनाथको प्रचार प्रसार, चर्चा र महत्त्व ज्यादा भएपछि त्यहाँका सिद्धनाथको दर्शन गर्नेहरूको भिड ज्यादा हुँने गर्दछ। राम्रो बाटो, यातायात, बजारको सुविधा भएको कारणले गर्दा पनि प्राचीन सिद्धनाथको स्थापना रहेको वर्तमान ब्रह्मदेव मण्डिबाट साडे चार किलोमिटर उत्तर महाकाली नदीको पूर्वी तटमा स्थापित प्राचीन सिद्धनाथ भन्दा त्यहाँबाट शिला ल्याएर स्थापना गरिएका महेन्द्रनगर बजारका नयाँ सिद्धनाथ चर्चामा रहेका छन्। यहाँको यो वास्तविकता थाहा पाउन सकेको खण्डमा र प्राचीन सिद्धनाथको यो स्थानक्षेत्रमा आवत जावतको सुविधा पुगाउन सकेको खण्डमा यसले महत्त्व पाउने निश्चीत छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री सिद्धनाथ मन्दिर कञ्चनपुर जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
वनदेवी मन्दिर
वनदेवी मन्दिर कैलाली जिल्लाको धनगढीमा रहेको छ।यो मन्दिरमा होलीको अवसरमा मेला लाग्ने गर्दछ।यो मन्दिर धनगढी पार्क नजिकै रहेको छ। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री वनदेवी मन्दिर मन्दिर कैलाली जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
वैद्यनाथधाम
वैद्यनाथधाम अछाम जिल्लाको साँफेबगर नजिक बुढीगंगाको किनारामा अवस्थित छ।यो अछाम जिल्लाको एक प्रसिद्ध र पवित्र स्थान मानिन्छ।यसलाई स्थानिय भाषामा वैजिनाथ भन्ने गरिन्छ।अछामको साँफेबगरमा रहेको वैद्यनाथधाम पौराणिक भनाई अनुसार भगवान शिवले वैद्यको ज्ञान आर्जन गरेको स्थान मानिन्छ। वैद्यनाथधामलाई आर्यवर्तका पवित्र चार धाम मध्यको एक पवित्र स्थान मानिन्छ।भगवान शिव र देवी पार्वती को विवाह यसै क्षेत्रमा भएको मानिन्छ। वैद्यनाथधाममा महाशिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ।जुन मेला भर्नको लागि नेपाल र भारतका विभिन्न भू–भागबाट भक्तजनहरू आउने गर्छन। धार्मिक तथा सांस्कृतिक सम्वाहकको संगमको रुपमा रहेको श्री वैद्यनाथधाम अछाम जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
कोइलिकोइलहुवा ताल
कोइलिकोइलहुवा ताल कैलाली जिल्लाको एक प्रसिद्ध ताल हो। यो ताल ९० हेक्टर क्षेत्रफलमा फैलिएको छ। पुर्र्व पश्चिम राजमार्गको राजिपुर बजारवाट ६ कि.मि. दक्षिणतर्फ रहेको यो ताल डुङ्का सयरका लागि ख्यातीप्राप्त छ। प्रमुख पर्यटकीय सम्वाहकको संगमको रुपमा रहेको कोइलिकोइलहुवा ताल कैलाली जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
लक्ष्मीनारायण मन्दिर
लक्ष्मीनारायण मन्दिर कैलाली जिल्लाको धनगढीमा रहेको छ। यो मन्दिरको नामबाट एल एन चोकको नामाकरण गरिएको हो। यो मन्दिर धनगढी मेनरोड नजिकै रहेको छ।मन्दिरमा बिहानै पुजाआजा गर्न भक्तजनहरू आउने गर्दछन। प्रमुख पर्यटकीय सम्वाहकको संगमको रुपमा रहेको लक्ष्मीनारायण मन्दिर कैलाली जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
राजकाँडा
कैलालीको लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका– ७ मा स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ। हावापानीका दृष्टिले पनि उपयुक्त रहेको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गइरहेको छ। हाल कर्णाली चिसापानीदेखि राजकाँडा सम्म केवलकार निर्माणको पहल समेत भैरहेको छ। प्रमुख पर्यटकीय सम्वाहकको संगमको रुपमा रहेको राजकाँडा कैलाली जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
नैनादेवी मन्दिर
नैनादेवी मन्दिर कैलाली जिल्लाको धनगढीमा अवस्थित छ।यो मन्दिरमा तिजको अवसरमा विशेष मेला लाग्ने गर्दछ।नैनादेवी मन्दिरमा विवाह कार्यक्रम पनि सम्पन्न हुने गरेका छन्।यो मन्दीर धनगढी मेनरोड को केही उत्तर तर्फ अवस्थित रहेको छ। प्रमुख पर्यटकीय सम्वाहकको संगमको रुपमा रहेको नैनादेवी मन्दिर कैलाली जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
शिवपुरी धाम वा उत्तररामेश्वरम
शिवपुरी धाम वा उत्तररामेश्वरम शिवपुरी धाम कैलाली जिल्लाको धनगढी उत्तरबेहडीमा रहेको एक हिन्दु धार्मिक स्थल हो। यहाँ नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग स्थापना गरिएको छ। शिवपुरी धाममा १०८ फिटको शिवलिङ्ग हुनुका साथै यस धाममा १०८ वटा तुलसी मठ, १०८ किलोको घण्ट, १०८ घण्ट र धारा रहेको सुन्दर देवस्थल हो। यस धाममा विभिन्न अवसरहरूमा कुम्भ मेला लाग्ने गर्दछ र नेपाल र भारतबाट हजारौ हिन्दु श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्दछन्।
![]()
शिवपुरी धाम
शिवपुरी धाम क्षेत्र कैलाली जिल्लाको सदरमुकाम धनगढीबाट मात्रै २ किलोमिटरको दुरीमा रहेको छ। शिवपुरी धाम धनगढी उपमहानगरपालिका वडा नं. ३ उत्तरबेहडीमा अवस्थित छ भने यो क्षेत्र धार्मिक तथा भौतिक दृष्टिले महत्वपूर्ण, सुन्दर र रमणीय छ। प्रमुख पर्यटकीय सम्वाहकको संगमको रुपमा रहेको नैनादेवी मन्दिर कैलाली जिल्लाको मात्र नभएर पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
मष्टो पुजा
मष्टोको पूजन सम्पूर्ण पश्चिम नेपालमा भएपनि सुदूरपश्चिमको पहाडी क्षेत्र बझाङ, बाजुरा, बैतडी, डोटी, अछाम जिल्लामा यसको विशेष मेला लाग्छ र धुमधामका साथ पुजिन्छ।बझाङको चैतली मेला (चाड), खप्तडको गङ्का दशहरा र जुम्लाको मष्टो पूजा विशिष्ट खालको छ।धेरैजसो स्थानमा तोरण, आलम, घण्टी, दियो, त्रिशूल आयुधलाई नै मष्टो देवताको स्वरुप मानेर पुजिन्छ। मष्टोलाई कतिपयले इन्द्रको छोरा जयन्तको रुप पनि मान्दछन्। कतिले यिनलाई पाण्डवको सन्तान भनी मान्छन्।इन्द्रकी पत्नी सचिलाई मण्डलिनी भनिन्छ। यिनै मण्डलिनीलाई सम्झेर मष्टो मण्डली र अछाममा मष्टो बण्डलिनी पनि भनिन्छ।मष्टा देवता शान्त, दयालु, क्षमाशील र चाँडै खुशी हुने शिव अंश मानिने मूलतः सात्विक देवता हुन्। तर पनि रक्तबलि मागे दिने र दुर्गा भवानीका सानिध्यमा रहने हुनाले यिनलाई रक्तबलि भोगी पनि बनाएको बुझिन्छ। फलस्वरुप भगवान् शङ्करका गण मानिने यिनको कालान्तरमा पूजा विधिमा दुई भेद प्रचलनमा आयो। सात्विक पूजामा यिनलाई अक्षता, फूलपाती, दूध, दशी, घीउ र बाबर चढाइन्छ।साथै शुद्ध घीउद्वारा हवन पनि गरिन्छ। जनभाषामा दूध चढ्ने मष्टालाई दुधे मष्टा र बलि ग्रहण गर्नेलाई दाडे मष्टा भनिन्छ। यसको तीन हजार ८०० वर्षभन्दा बढी पुरानो इतिहास रहेको पाइन्छ।पृथ्वीलाई मानव जातिले आमाको रुपमा हेर्छ भने पृथ्वीको रक्षा गर्ने शिवको अंशको रुपमा मष्टा देवतालाई पृथ्वीको आमाको रुपमा मान्दछ।यसै मान्यताका कारण जमीनको भोग गर्ने मानव जातिले मष्टा देवतालाई मान्दैआएका हो। मष्टा देवतालाई कुनै ठाउँमा शिवको रुपमा पुजिन्छ भने कतै इन्द्रको जायो अर्थात छोरा–नातिका रुपमा पनि पुजिन्छ भन्ने भनाइ छ। कुनै ठाउँमा प्रकृतिको प्रतीक मानेर पुजिन्छ।भारत खण्डको सम्पूर्ण क्षेत्रमा पौराणिक कालमा देव र दानव रुपमा सहर्ष चलिरहेको कुरा धार्मिक शास्त्रमा उल्लिखित छ।महिसासुर दानवले तपस्या गरी ब्रह्माजीलाई रिझाई “पुरुषको हातबाट नमरुँ, स्त्रीको मलाई डर छैन” भन्ने वरदान मागी सो कार्य पूरा गर्न देवताहरुलाई पराजित गरिरहेको अवस्थामा इन्द्रपुत्र जयन्तलाई पनि पराजित गर्न पिछा गर्दा इन्द्रासैन खल्बलिएर भारतको सकद्वार छोडी हिमखण्डमा आउँदा मष्टा देवको उत्पत्ति भएको भन्ने भनाइ बमोजिम बझाङमा मष्टादेवता प्रकट भएको भन्ने जनविश्वास छ।अर्को तर्फ भारतकै मेवाड भन्ने ठाउँमा राजा जयदेव रानाले मष्टादेवतालाई सर्वोपरी मानी पूजाआजा गर्दथे।त्यसै समयमा हिन्दू र मुस्लिमको लडाइँ हुँदा मष्टादेवता पुजिरहेको स्थानमा गौमासको बध गरी गाईको रगत मन्दिरमा छर्दा मष्टादेवताबाट ‘हे राजन, तिमी मेरो नाति हौं, यो ठाँउमा हाम्रो बसाइ हुँदैन, म पहाडी भेग हिमालयमा खण्डको लेक, बेंसी तथा पत्थरमा प्रवेश गर्नेछु, तिमी पनि सोही ठाउँमा आउनू’ भनी आकाशवाणी भयो र सोही बमोजिम खोजी गर्दै जाँदा पहाडी भेगको बझाङ जिल्लाको देउबाज भन्ने ठाउँमा बान्नी मष्टा प्रवेश गरेको स्थानियको भनाइ रहेको छ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा भिन्नभिन्न ठाउँमा भिन्नभिन्न किसिमले मष्टाको उत्पत्तिसम्बन्धी धारणा रहेको पाइन्छ। (श्रोतः सेतोपाटी डटकम)
प्रमुख पर्यटकीय सम्वाहकको संगमको रुपमा रहेको मष्टो पुजा पछिल्ला दिनमा सुदुर पश्चिमलाई चिनाउने प्रमुख सानको रुपमा उभिएको छ।
भागेश्वर मन्दिर
डडेल्धुरा सदमुकाम देखि भागेश्वर गाँउपालिकाको सदमुकाम बगरकोट १७ किलोमिटर दुरिमा रहेको छ। गाँउपालिकाको सदमुकाम देखि करिब तिस देखि चालिस किलोमिटरको करिब पाच छ घण्टा पैदैल यात्रा गरेर भागेश्वर मन्दिर (धुरा) मा पुगिन्छ, यो मन्दिर महाभारत क्षेत्रमा रहेको छ।पौराणिक इतिहास रहेको धुरा मन्दिरमा भागेश्वर देवताको मुख्य पूजा वर्षमा दुई पटक हुने गर्दछ। पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती हुन्छ। परिचय– भागेश्वर देवता भगवान शिवका पार्षद हुन्। भागेश्वर देवतासँग ‘पासो, ‘कैलपाल, ‘कनवेताल ‘कालशैनी’ ‘कल्तडे ‘छडी र ‘समैजी लगायत अन्य सहयोगी देवताहरु पनि रहन्छन्। ‘पासो भागेश्वर देवताको प्रमुख द्वारपाल मानिन्छ।डडेल्धुरा जिल्लामा पर्ने ग्वान्नी गाउँ लगायत अन्य कैयौं स्थानमा स्थित ‘असिउँ देवता भागेश्वरका आफ्नै दाजु हुन् भने कञ्चनपुर जिल्लाको चुरे क्षेत्रमा विराजमान ‘बैजनाथ’ देवता भागेश्वरका भान्जा नाता पर्ने देवता हुन् भन्ने मान्यता रहि आएको छ। डडेलधुरा जिल्लाको माहाभारत पर्वत स्थित भागेश्वरको माणौमा २२ खम्बा (खाम) छन्। द्वापरयुगको अन्त्यतिर यस उच्च शैल शिखर क्षेत्रमा भागेश्वर आउँनु भन्दा अगावै आफ्नो वनबासकालको क्रममा पञ्चपाण्डवहरु यसै भागेश्वरको धुरा हुँदै जाँदै गर्दा उनिहरुलाई पानी पाइएन। त्यसपछि त्यसै धुरामा वीर पाण्डव भ्राता अर्जुनले खड्ग प्रहार गरेर पानी निकालेका थिए भन्न्ने कथानक छ।खड्ग बाट जल निकालिएको हुनाले त्यो जल भएको ‘न्वालो लाई आजभोली ‘खड्गेन्वालो’ पनि भन्ने गरिन्छ। त्यो न्वालाको पानी लाई काँसीको जल समेत भन्ने गरिन्छ र गँगोत्रीको जल समान पवित्र मानेर यसै जलले भागेश्वरको पुजा तथा अन्य आवश्यक कार्यहरु गर्ने गरिन्छ। त्यसैगरी भागेश्वरको ‘रतीघाट’ भन्ने स्थानमा पनि पुजा हुने गर्दछ। यो स्थान रुपाल गाउँ विकास समिति वार्ड ३ नौतडीका भारद्वाज गोत्रीय जोशी ब्राह्मणहरुको जग्गामा पर्दछ। हाल आएर भागेश्वर देवताको पुजा डोटीको निरौली, गड्सेरा र बेल्टुक्रा गाँउमा पनि हुने गर्दछ। किनभने डडेलधुराको रुपाल गा.वि.स.मा –(हालको भागेश्वर गाँउपालिका)पर्ने रोल्ली गाउँबाट निरौला भण्डारी,जोशी र गड्सेरी भट्टहरु बसाइसर्दै देशका कैयौं भागमा गएर बसेका छन्।यी देवताको प्रमुख मन्दिर डडेल्धुरा जिल्लाको हालको भागेश्वर गाँउपालिका साविकाको भागेश्वर गाउँ विकास समितिको माहाभारत (धुन्ध)पर्वतमा पर्दछ , यस पर्वतलाई भागेश्वरको धुरा पनि भन्दछन्। यो धुन्धु पर्वत समुद्र सतहदेखी २००२ मिटर अग्लो शिखर स्थानमा छ।यस धुराको पुर्वमा डडेल्धुरा जिल्लाको गाङ्खेत गाउँ विकास समिति, पश्चिममा डडेलधुरा जिल्लाको रुपाल गाउँ विकास समिति, पश्चिम उत्तरमा साविकको हालको वार्ड नं ३ भागेश्वर गाउँ विकास समितिको वार्ड नम्बर ४, उत्तरमा साविकको बगरकोट गाउँ विकास समिति, र दक्षिणमा डडेल्धुरा जिल्लाकै साविकको शीर्ष गाउँ विकास समितिको वार्ड नम्बर २ पर्दछन्। महाकाली पारी भारत उत्तराञ्चलमा पर्ने पूर्णा्िगरी भगवतीको मन्दीर पनि यहाँबाट नजिकै पर्दछ। भागेश्वर देवताको उत्पत्ती सम्वन्धी कथा – लगभग चौधौं शताब्दी तिर डोटी क्षेत्रमा पर्ने अजयमीरकोट राज्यमा राजा नागी मल्लको शासन चलिरहेको थियो।यो राज्य जुम्लाराज्य अन्तर्गत पर्ने सामन्त राज्य थियो। त्यतिबेला अहिलेको डडेलधुरा जिल्लाको साविको रुपाल गा.वि.स. हालको भागेश्वर गाँउपालिका मा पर्ने ‘रोल्ली’ र ‘ग्वान्नी’ गाउँबाट ‘गुणाकर जोइसी र ‘कमलाकर भाट नाम गरेका दुई जना मित भाईहरु ‘गयाँ तीर्थमा स्नान गर्न भनी हालको भारतको विहार राज्यमा पर्ने गयाँका लागी प्रस्थान भए।साइँत गर्दा पहिलो दिन पालुङ्कोको तरकारी बारीमा बास बसेर दोस्रो दिन गयाँका लागि प्रस्थान गरे। गयाँ तीर्थमा उनिहरुलाई त्यहाका पण्डाहरुले प्रसाद दिदै गर्दा एउटा सुनको कटोरा (प्याउली) पनि प्रसादका साथै उनिहरुको हातमा आयो। त्यहाँ भागेश्वरदेवता संङ्ग पनि उनिहरुको साक्षत्कार भयो। त्यतिबेला गयासुद्दीन तुगलक नाउगरेको मुसलवान शासक दिल्लीको बादशाह थियो।उत्तर भारतका समस्त राज्यहरु दिल्लीराज्य अन्तर्गत पर्दथे। त्यतिबेला भारत विजय गरिसकेका मुसलवान शासकहरुले हिन्दुहरुमाथि धर्मान्तरणको निहुमा चरम अत्याचार गरिरहेका थिए। त्यसैले हिन्दुहरु आफ्नो सनातन धर्म र संस्कृति बचाउँन कैयौँ ठुल–ठुला नदीहरु पार गर्दै यस हिमालय प्रदेशमा आइरहेका थिए। तिनिहरुका संगै ती स्थानमा रहेका देवी–देवताहरुपनि आफ्ना भक्तहरुका साथ नेपाल तथा भारतमा पर्ने दुर्गम हिमाली प्रदेशमा आइ रहेका थिए।ती दुबैभाइहरु घर फर्किदा त्यसै सुनको कटोरा (‘प्याउलि)मा भागेश्वर,असिउ र बैजनाथ देवताहरुपनि उनिहरुका साथ–साथ यस क्षेत्रमा आएका थिए भन्ने कुरा भागेश्वरको ‘चैत, (गमरा तथा अन्य पर्बमा गाइने र खेलिने सांस्कृतिक गीत) बाट थाहा पाउँन सकिन्छ। ति दुबै भाइहरुले घर पुग्नुभन्दा अगाडी डडेलधुरा जिल्लामा पर्ने परशुराम तीर्थ क्षेत्रमा पञ्चरात्रि बिताएका थिए।पञ्चरात्रि विताउँदैगर्दा उनिहरुका साथमा आएका ‘भागेश्वर असिउँ र ‘वैजनाथ देवताहरुले पनि अब कस्ले कहाँ–कहाँ निवास गर्ने भन्ने विषयमा सर–सल्लाह भयो। असिउँ देवता भागेश्वरका जेठा दाजे मानिन्छन् भने बैजनाथ देवता यि दुबै देवताहरुका भान्जा नाता पर्ने देवता हुन्। सल्लाह अनुसार भान्जा बैजनाथ देवताले कञ्चनपुर जिल्लाको उत्तर चुरे क्षेत्रमा बस्ने भए भने असिउ देवताले डडेलधुरा जिल्लाको ग्वान्नी भन्ने ठाउँमा बसोबास गर्ने सल्लाह भयो। (श्रोतः खवरदारी न्युज २०७७ श्रावण १)
घण्टेश्वर मन्दिर
डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजा रजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइदै आएकोमा त्यसै व्यवस्था अनुसार नेपाल सरकारले पनि सानोतिनो रकम पठाउँदै आएको छ।यता मेला व्यवस्थापन समितिबाट पनि नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रुपमा ‘तिलख पठाउने प्रचलन रहेको छ।घण्टेश्वर देवताको विधानमा उल्लेख भए अनुसार भारतको बद्री केदार भएर कैलाश प्रवेश गर्ने बेलामा स्थानीय पासा देवताले रोकेर त्यो ठाउँमा बास बसेको बुढापाकाहरुको भनाई छ।डोटीको जोरायल क्षेत्रको महत्वपूर्ण मानिने सो मेलामा श्रद्धालु भक्तजनहरुको निकै ठूलो भिड लाग्ने गर्दछ।पवित्र मनले उपवास बसि घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ।सो मेलामा जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको बिनोडा गाउँबाट करिब ५ घण्टाको पैदल यात्रा गरि घण्टेश्वर देवताको देउरो मन्दीरसम्म पुर्याउने गरिन्छ भने लक्ष्मीनगरकै सैगडा, घण्टेश्वरको सुनलेक, डडेल्धुराको आलिताल गाउँपालिकाको गांखेतको उणी, गन्यापधुरा गाउँपालिकाको जर्माना गाउँबाट पनि देउरो ल्याउने गरिन्छ।मेलामा रातभर महिला र पुरुषहरूको छुट्टाछुट्टै रूपमा सुदूरपश्चिमेली देउडा खेल खेल्ने प्रचलन पनि रहेको छ।धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको हगुल्टेबाट करिब पौने ४ किलोमिटरको दुरीमा रहेको घनघोर जंगलको बिचमा अवस्थित उक्त मन्दिरसम्म पुग्न सकिन्छ घण्टेश्वर मेलामा डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगाएत विभिन्न टाढा–टाढाबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्दछ।
निष्कर्ष
सुदुर पश्चिम प्रदेश आफै सुन्दर छ। यसको सौन्दर्यताले यसको शोभा अझै बढाएको छ। अथाह सम्भावनाको खानीरहेको विकास र समृद्धिको मुहान फुटाउने सुदुर पश्चिमबाट अब अन्य प्रदेशहरुले समेत पाठ सिक्दै जानु पर्ने देखिन्छ।
सन्दर्भ सामग्रीहरू
१. चिनारी वर्ष १, अङ्ग २
२. विकिपिडिया,
३. WWW.sudurpaschimpradesh.gov.np
४. https://dcckailali.gov.np
५. ‘धार्मिक पर्यटनको केन्द्र बन्दै शिवपुरी धाम’, पश्चिम टुडे (नेपालीमा),
६. जोशी, पुष्पराज, ‘साउने सोमबार : घुम्न जाम, शिवपुरी धाम’, नागरिक समाचार।
७. ‘शिवपुरी धाममा ज्योतिर्लिङ्ग प्राण प्रतिष्ठाको तयारी पूरा’, अनलाइन खबर।
९. www.dineshkhabar.com
१०. ललित बहादुर सिंह, सेतोपाटी डटकम प्रकाशित मितिः मंगलबार, चैत १२, २०७५,
११. www.dcckanchanpur.gov.np
१२. www.dccdadeldhura.gov.np
१३. www.dcc.doti.gov.np
१४. www.dcc.bajhang.gov.np
१५. www.dccbajura.gov.np
(लेखक नेपाल सरकारका उपसचिव हुन्)