सीता दाहालको पार्थिव शरीर पेरिसडाँडा लगियो, २ बजे आर्यघाटमा दाहसंस्कार - Chaitanya News
  • 2026-11-21
  • 09:13:51
  • शनिबार,मंसिर ०६, २०८३
  • सीता दाहालको पार्थिव शरीर पेरिसडाँडा लगियो, २ बजे आर्यघाटमा दाहसंस्कार

    सीता दाहालको पार्थिव शरीर पेरिसडाँडा लगियो, २ बजे आर्यघाटमा दाहसंस्कार

    काठमाडौं । ६९ वर्षको उमेरमा निधन भएकी प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा लगिएको छ ।

    दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखेर आर्यघाटमा २ बजे अन्तिम संस्कारको तयारी छ ।

    नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको बिहान निधन भएको थियो । पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, उद्योगी, व्यवसायी, पार्टीका नेता कार्यकतालगायत पनि नर्भिक पुगेर अन्तिम श्रद्धान्जली दिएका थिए ।