सांसद स्वाँर भन्छन् : आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट छन् - Chaitanya News
  • 2026-05-26
  • 05:15:06
  • सोमबार,जेठ ११, २०८३
  • सांसद स्वाँर भन्छन् : आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट छन्

    सांसद स्वाँर भन्छन् : आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट छन्

    काठमाडौं– राष्ट्रियसभा सदस्य तारामान स्वाँरले आउँदो आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट रहेको बताएका छन्। मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन्।

    सत्तापक्ष भएकाले आफूहरूले बजेट पारित गर्नुपर्ने बाध्यता भए पनि सन्तुष्ट नरहेको उनले उल्लेख गरे।

    अन्य विधेयकमा जस्तै आर्थिक विधेयकमा पनि यहाँ मान्यज्यूहरूले खर्च कटौतीको प्रस्ताव पेस गर्नुभयो। खर्च कटौतीको प्रस्ताव होइन, संशोधनसहित परिमार्जन गर्ने प्रणालीको निर्माण गर्नुपर्छ। सत्तापक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरू मिलेर आर्थिक प्रणाली र बजेट प्रणाली परिवर्तन गर्न प्रयास गर्नुपर्छ,” उनले भने, “मन्त्रालयगत विनियोजनसम्म आउँदा प्रतिपक्षका मात्रै होइन, हामी सत्तापक्षका मान्यहरू समेत सन्तुष्ट छैनौँ। केही नेता र मन्त्री र बिचौलियाहरूबाहेक सबै असन्तुष्ट छन्। प्रतिनिधिसभामा त पारित भइसकेको छ, सत्तापक्षका हामी सांसदले पारित त राष्ट्रियसभामा पनि गरौँला, तर सन्तुष्टिका साथ होइन।

    राष्ट्रियसभा सदस्य स्वाँरले सत्तापक्षकै सांसदले पनि बजेट सन्तुष्टिका साथ पारित गर्ने स्थिति नरहेको बताए।