काठमाडौँ– सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से ०.८० अंकले घटेर २०७६.९६ को विन्दुमा कायम भएको छ।
सूचीकृत २९३ कम्पनीको १ करोड १८ लाख २३ हजार ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सात उपसूचकमा हरीयाली छाएको छ। आज सबैभन्दा धेरै फाइनान्सको उपसूचक वृद्धि भएको देखिएको छ। फाइनान्सको उपसूचक २.७१ प्रतिशतले बढेको छ।
शेयर बजार झिनो अंकले घटेतापनि रावा इनर्जी डेभलपमेन्ट पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सोमबार कम्पनीको शेयरमा सर्किट लागेसँगै ३३ रुपैयाँले शेयरभाउँ बृद्धि भएर ३६४ रुपैयाँमा कारोबार भएको छ।
आज त्यस्तै, गुह्रश्वरी मर्चेन्ट बैंक, नेपाल फाइनान्स, अरुण काबेली पावर, अग्रिकल्चर डिभेन्चर २०८३ लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ