संघ, प्रेदश र स्थानीय तहका बैंक खाताहरु एक साताका लागि बन्द - Chaitanya News
  • 2026-05-26
  • 05:16:10
  • सोमबार,जेठ ११, २०८३
  • संघ, प्रेदश र स्थानीय तहका बैंक खाताहरु एक साताका लागि बन्द

    संघ, प्रेदश र स्थानीय तहका बैंक खाताहरु एक साताका लागि बन्द

    काठमाडौं– संघ, प्रेदश र स्थानीय तहका बैंक खाताहरु एक साताका लागि बन्द भएका छन्। एकल खाता कोषबाट जारी भएका राजश्वका चेकबाहेक अन्य सबै खालको चेकको भुक्तानी बन्द भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन ७ दिन अगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने प्रावाधान छ। सोही प्रावाधानअनुसार महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्षका सबै भुक्तानी आज असार २४ बाट बन्द भएका हुन्। यसका लागि नियन्त्रक कार्यलयले मातहतका सबै कोलेनिका र प्रलेनिकालाई असार १० गते नै परिपत्र गरेको थियो।

    संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) आजबाट एक साताका लागि बन्द हुनेछन्।