डा. दामोदर रेग्मीको गीत 'सिरेटोले छुदै छुन्न' गीत सार्वजनिक - Chaitanya News
  • 2026-05-24
  • 23:54:10
  • आइतबार,जेठ १०, २०८३
  • डा. दामोदर रेग्मीको गीत ‘सिरेटोले छुदै छुन्न’ गीत सार्वजनिक

    डा. दामोदर रेग्मीको गीत ‘सिरेटोले छुदै छुन्न’ गीत सार्वजनिक

    काठमाडौं- नेपाल सरकारका सचिव एवम् लेखक तथा गीतकार डा. दामोदर रेग्मीको शब्द सिर्जना रहेको ‘सिरेटोले छुदै छुन्न’ गीत सार्वजनिक भएको छ। लोकप्रिय गायक तथा संगीतकार मुरलीधरको स्वर तथा संगीत रहेको गीत म्यूजिक नेपालले सार्वजनिक गरेको हो।

    रेकर्डिंग भएको र प्रकाश खरेलले रेकर्डिंग गरेका हुन् ।

    भारतको मुम्बइमा रहि नेपाली तथा अन्य भाषाका गीत संगीत सिर्जनामा लागिरहेका मुरलीधरले नेपाल आउँदा केही सीमित तथा मन छुने गीत गाउने इच्छा रहने भएको र यसपटक दुई प्रशासक डा. दामोदर रेग्मी र सुरेश आचार्यको शब्दमा गीत गाउने अवसर प्राप्त भएको बताए। गीतकार डा. दामोदर रेग्मीका केही गीतका लिखित अंश हेर्दा उहाका जीवन्त र मर्मस्पर्सी गीतमा आफ्नो स्वर र संगीत भर्न पाउँदा खुशी लागेको उनले बताए।

    उडायो सपना सबै हुरीले जस्तै यो गीत पनि कालजयी बन्ने विश्वास लिएको उनी बताउँछन्। बिरही शब्द र भाकामा रहेको यो गीतले मन छोएको उनले बताए। गीतकार रेग्मीले मुरलीधर जस्तो सुप्रसिद्ध संगीतकार र गायकसँग आफ्नो सिर्जनालाई लय र संगीतमा ढाल्न पाउनु गर्वको कुरा रहेकोबताए।