१४ बुँदे प्रतिबद्धता पारित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकियो - Chaitanya News
  • 2026-11-16
  • 14:27:49
  • सोमबार,मंसिर ०१, २०८३
  • १४ बुँदे प्रतिबद्धता पारित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकियो

    १४ बुँदे प्रतिबद्धता पारित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकियो

    काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ। १४ बुँदे प्रतिबद्धता पारित गर्दै शुक्रबार सकिइको हो। दुई दिन चलेको भेलामा जिल्ला सभापतिहरुले पार्टी नेतृत्वप्रति गुनासो गरेका थिए।

    पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिले उठाएका प्रश्नको जवाफ दिएर भेला समापन गरिएको हो। महामन्त्रीद्वयले उठेका सवाललाई केन्द्रीय समिति बैठकमा लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

    पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भातृ संस्था लाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, गुटको राजनीतिले पार्टी समस्यामा रहेको असन्तुष्टि सभापतिहरुले राखेका थिए।