प्रहरीको तीस वर्षे सेवा अवधि हटाउँछु : गृहमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-11-16
  • 14:27:39
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रहरीको तीस वर्षे सेवा अवधि हटाउँछु : गृहमन्त्री श्रेष्ठ

    प्रहरीको तीस वर्षे सेवा अवधि हटाउँछु : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं– गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपाल प्रहरीमा बेला–बेलामा उठ्ने गरेको ३० वर्षे सेवा अवधि १०० प्रतिशत हटाउने बताएका छन्।

    प्रहरीमा पहिलेदेखि नै बिग्रेका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषय अन्योल भएको श्रेष्ठले बताए।

    ‘प्रहरीमा पहिलेदेखि विग्रेको समस्या छ। यताबाट शुरु गरौं उता बिग्रन्छ। उताबाट शुरु गरौं यता बिग्रन्छ कहाँबाट समस्या समाधान गर्ने अन्योल छ,’ उनले भने।

    नयाँ प्रहरी प्रमुख परिवर्तन हुँदा उठ्ने गरेको प्रहरीको सेवा अवधि ३० वर्षे चर्चामा आउने गरेको छ। तर नयाँ प्रमुख भएपछि त्यो विषय छायाँमा पर्ने गरेको छ।