प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसद्को गरिमामा आँच पुग्यो : नेता कोइराला - Chaitanya News
  • 2026-11-16
  • 14:26:44
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसद्को गरिमामा आँच पुग्यो : नेता कोइराला

    प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसद्को गरिमामा आँच पुग्यो : नेता कोइराला

    काठमाडौं– नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले संसद्को गरिमामा चोट पुगेको बताएका छन। प्रचण्डबाट गत सोमबार व्यक्त प्रधानमन्त्री हुन दिल्ली जानुपर्ने आशयको विवादास्पद अभिव्यक्तिले संसद्को गरिमामा आँच पुगेको कोइरालाले बताएका छन्।

    प्रधानमन्त्रीको अभिव्यक्तिले जनतालाई पनि ठेस पुगेको कोइरालाको भनाइ छ। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    नेपालको सरकार नेपालकै संसद्बाट चुनिँदै आए पनि प्रधानमन्त्री प्रचण्डले गलत बोलेको उनले बताए। राजनीतिक नेतृत्वबाट व्यक्त विवादास्पद अभिव्यक्तिले प्रजातन्त्रलाई कमजोर बनाउने उनको धारणा छ।

    कोसीका सभामुख बाबुराम गौतमको भूमिका पनि संविधान विपरीत भएको नेता कोइरालाले औंल्याए। सभामुख तटस्थ नबस्दा लोकतन्त्र र संविधान मिचिएको उनले दाबी गरे।