ललिता निवास काण्ड सरकारको ‘आफूलाई हिरो देखाउने स्टन्ट मात्र हो, कारबाही गर्दैन : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 14:27:29
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास काण्ड सरकारको ‘आफूलाई हिरो देखाउने स्टन्ट मात्र हो, कारबाही गर्दैन : अध्यक्ष ओली

    ललिता निवास काण्ड सरकारको ‘आफूलाई हिरो देखाउने स्टन्ट मात्र हो, कारबाही गर्दैन : अध्यक्ष ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूलाई भ्रष्टाचार विरोधी जस्तो देखाउनका लागि मात्रै लिलिता निवास काण्डमा कारवाही गर्न लागेको जस्तो नाटक गरेको बताएका छन्।
    शुक्रबार स्ववियु काउन्सिलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उक्त काण्डमा कारवाही गर्दा सत्ता पक्षकै मान्छेहरु पर्ने भएकोले सरकारले यो काण्डको छानविनलाई टुंगोमा नपु¥याउने ओलीले बताए। उनले सरकारले यो राजनीतिक स्टन्ट मात्रै गरेको उनले बताए।

    ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएका भन्दै असन्तुष्टि जनाए।

    ‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो,’ उनले भने, ‘आफूलाई हिरो देखाउने स्टन्ट मात्र हो। अरु केही गर्दैन यो सरकारले। गर्दा यो गठबन्धनकै मान्छेहरु पर्ने हुन्, त्यसैले गर्दैन ।

    उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेलतर्फ संकेत गर्दै भने– ‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे । कसैको छोराले जमिन किन्यो, धनिपूर्जा हेर्‍यो, अड्डामा गएर पास गर्‍यो । उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’