काठमाडौं– प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरोध गर्ने एमालेको चेतावनीपछि प्रतिनिधिसभा बैठक आइतवारसम्मका लागि स्थगित गरिएको छ।
शुक्रवार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षलाई भोलिसम्म सहमतिका लागि आग्रह गर्दै आइतवारसम्म बैठक स्थगित गर्ने प्रस्ताव गरेका थिए।
कार्यव्यवस्थामा सहमति जुट्न नसकेपछि सूचनामार्फत बैठक स्थगित गरिएको हो।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली धाएको भनेर प्रचण्डले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर एमालेले असार २० गते प्रतिनिधिसभा अवरुद्ध गरेको थियो।
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै एमालेले शुक्रवार राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको थियो।