भारतलाई विवादमा तानेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वार्थ पूरा गर्न खोजे : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 14:27:09
  • सोमबार,मंसिर ०१, २०८३
  • भारतलाई विवादमा तानेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वार्थ पूरा गर्न खोजे : अध्यक्ष ओली

    भारतलाई विवादमा तानेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वार्थ पूरा गर्न खोजे : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप लगाएका छन्।

    आज (शुक्रबार) राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताए। उनले भने, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ।

    तर नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ। धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको उनले बताए।

    उनले अघि भने, ‘यसमा भारतलाई मुछ्नुपर्ने केही छैन। भारतले केही भनेकै छैन।’

    भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको भन्दै उनले भने, ‘यस प्रशंगमा कसैले बोलोस्, अनि भारतलाई भनौंला भन्ने सोच हुनसक्छ।’