काठमाडौं– नेकपा एमालेले कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति वदर गर्न माग गर्दै रिट दायर गरेका हुन्। रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले सरकार गठन गरेको र संविधानको धारा १६८ को उपधारा २ द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न माग गरिएको छ।