काठमाडौं– संविधानविद् भीमार्जुन आचार्यले कोसी प्रदेशको सरकार गठनमा सभामुखको संलग्नतालाई असंवैधानिक बताएका छन्।
थापाको पक्षमा बहुमत जुटाउन माओवादी केन्द्रको सांसदमा सभामुख बाबुराम गौतमसमेतलाई गणना गरिएको छ। तर, सभामुखको भूमिका तटस्थ रहने भन्दै एमालेले सभामुखलाई सरकार गठनको लागि बहुमत पुर्याने गरी गणना गर्न नहुने बताउँदै आएको छ।
संविधानविद् डा. भीमार्जुन आचार्यले सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना नगरेको टिप्पणी गरेका छन्। सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन। यस्तो कार्य असंसदीय र असंवैधानिक छ आचार्यले ट्विटरमा लेख्दै भनेका छन् सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ।
आचार्यले कोशी प्रदेशमा सभामुखलाईसमेत गणना गरी बहुमत जुटाउने कार्य संसदको अपहेलनाजन्य कार्य भएको पनि टिप्पणी गरेका छन्।