स्वार्थका लागि राजनीति गर्दैनौँ : रवि लामिछाने - Chaitanya News
  • 2026-11-16
  • 14:27:54
  • सोमबार,मंसिर ०१, २०८३
  • स्वार्थका लागि राजनीति गर्दैनौँ : रवि लामिछाने

    स्वार्थका लागि राजनीति गर्दैनौँ : रवि लामिछाने

    डडेल्धुरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थका लागि राजनीति नगर्ने बताएका छन्।

    आज (बिहीबार) डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजित आमसभामा बोल्दै लामिछानेले व्यक्तिगत स्वार्थका लागि राजनीति कहिल्यै नगर्ने र कसैलाइ पनि राजनीतिलाई त्यसका लागि उपयोग गर्न नदिने बताएका छन्।

    संगठन विस्तारमा तीव्रता दिइरहेको पार्टीले स्थानीय नागरिकले चाहेको ब्यक्तिलाई स्थान दिने उनले बताए। भेलालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘आफ्ना लागि मात्र होइन यो देशका लागि र विशेष गरी डडेल्धुराका लागि को मान्छे चाहिन्छ, ती मान्छेलाई पार्टीमा ल्याउनका लागि जानु होला आफ्नो दौडमा नदौडनु होला।’

    ‘डडेल्धुरामा त्यस्तो मान्छे छ, जसको काँधमा डडेल्धुराको भविश्य सुम्पन सकिन्छ भने तिनको घरमा हात जोडेर घण्टीमा आउनुस् भन्न म जान्छु। मलाई लिएर जानुहोला र असल मान्छेलाई पार्टीमा लिएर आउँ’, लामिछानेले भने।

    अहिलेको सरकार सत्ता जोगाउने खेलमा लागेको भन्दै लामिछानेले विभिन्न काण्डहरुका फाइल खोलिएको भए पनि त्यसलाई फेरि बन्द गर्ने षडयन्त्र गर्न खोजेको आरोप पनि लगाए।