काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन्।
पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन्। भारतीय जनता पार्टीले भाजपालाई जान्नुस् (Know BJP) अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत भाजपाले नेपालबाट माओवादी केन्द्रका नेताहरू र बंगलादेशबाट सत्तारुढ दल अवामी लिगका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेको छ।
भारत बसाईका क्रममा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्। मिति सार्वजनिक नभए पनि उनीहरू छिट्टै भारत भ्रमणमा जाने माओवादी केन्द्रका एक नेताले बताए।
त्यस्तै अध्यक्ष नड्डाले बुधबार नयाँ दिल्लीस्थित विभिन्न दूतावासका प्रतिनिहरूसँग छलफल गरेका छन्। छलफलमा बंगलादेश, इजिप्ट, जर्मनी, ग्रिस, लेबनान, मलेसिया, मोजाम्बिक, दक्षिण कोरिया, स्वीडेनलगायतका दूतावासका अधिकारीहरू सहभागी थिए। दूतावासका प्रतिनिधिहरूले अध्यक्ष नड्डासँग भाजपाको आगामी रणनीति र योजनाबारे चासो राखेका थिए। सो कार्यक्रममा भाजपाका राष्ट्रिय मिडिया इन्चार्ज अनिल बलुनी र विदेश मामिला विभाग प्रमुख डा। विजय चौथाईवालेको उपस्थित रहेको थियो।