कोशीको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्वव थापा नियुक्त - Chaitanya News
  • 2026-11-16
  • 13:55:02
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशीको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्वव थापा नियुक्त

    कोशीको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्वव थापा नियुक्त

    काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा कोशी प्रदेशको कांग्रेस संसदीय दलका नेता उद्वव थापा नियुक्त भएका छन्। आज (बिहीबार) उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    कांग्रेसका २९ , मोआवादीका १३, एसका ४ र जसपाकी १ सांसदको हस्ताक्षर बुझाइएको थियो। बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने हुँदा सभामुख रहेका माओवादीका बाबुराम गौतमले पनि हस्ताक्षर गरेका हुन्।

    यसअघि एमाले र राप्रपाले सभामुखको हस्ताक्षरसहितको दाबी आएमा अस्वीकार गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए। उनीहरुको ध्यानाकर्षणका बावजुद पनि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।