हेटौंडा– बागमती प्रदेशका सभामुख भूवनकुमार पाठकले सरकारका वेबसाइट तथा डाटा सेन्टर सुरक्षित नभएको बताएका छन्। बिहीबार हेटौंडामा नेपाल दुरसञ्चार प्राधिकरणको आयोजना कार्यक्रमलाइ सम्बोधन गर्दै सभामुख पाठकले कुनै पनि समयमा ह्याकरले सरकारका वेबसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने पनि बताए।
उनले भने सरकारका कामहरु पेपर लेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गर्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरुलाई सुरक्षित गर्नु जरुरी छ। सरकारले साइबर सुरक्षासम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनले बताए। ‘हामी पेपर लेस गभर्नेन्सतर्फ अघि बढिरहेका छौं। तर, हाम्रो सरकारको वेबसाइट र डाटा सेन्टरहरु सुरक्षित छैनन् पाठकले भने। कुनै पनि बेला हाम्रा वेबसाइटहरु ह्याकरले ह्याक गर्न सक्छन्।’‘सरकारले आफ्नो सिस्टम विकास गरेर वेबसाइट र डाटा सेन्टरहरुलाई सुरक्षित गर्नुपर्छ। त्यसका लागि उचित नीति बनाएर कार्यान्वयन गर्नुपर्छ। सरकारले साइबार सुरक्षा न्यूनीकरणमा जोड दिनुपर्छ।
पछिल्लो समय साइबर अपराधका घटनाहरुमा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको छ, सरकारले साइबार अपराध न्यूनीकरणतर्फ आवश्यक तयारी गर्न जरुरी छ। कार्यक्रममा क्यान महासंघ नेपालका महासचिव इवम् साइबर सुरक्षा विज्ञ चिरञ्जिवी अधिकारीले तालिमको सहजीकरण गरेका थिए। बागमती प्रदेशका ८० जना सांसदहरुको उपस्थिति रहेको उक्त तालिममा साइबार सुरक्षामा तीनै तहका सरकारले इथिकल ह्याकरलाई क्यापिटलाज गर्नुपर्ने बताए। ‘नेपाल बन्छ, जब नेपालमा नै बनाइन्छ, सफ्टवेयरबाट सम्द्धि’ भन्ने नारालाई आत्मसात गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनपर्ने उनको भनाइ थियो।