काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार काण्डमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको भन्दे आपत्ती जनाएका छन्।
आजा (बिहीबार) डडेल्धुराको सदरमुकामस्थित् बसपार्कमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचार काण्डहरूमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको आरोप लगाएका हुन्।
उनले भने भ्रष्टाचारका कुराहरूमा नेपाली जनताले जरोसम्म पुगेको हेर्न चाहे तर ‘सरकारले हाँगाबिँगामात्र काट्यो। हाँगाबिगाँलाई मात्र जेल पठायो। सग्लालाई जेल पठाउन बाँकी नै छ।’
यस्तै, उनले अहिलेको सरकारले फाइल खोले जस्तो गरेर बन्द गर्ने कुनै षडयन्त्र गरेको भए त्यो षडयन्त्र ८४ सम्म जसोतसो चल्ने र त्यसपछि नचल्ने पनि दाबी गरे।