एमालेले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित - Chaitanya News
  • 2026-11-16
  • 13:56:17
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

    एमालेले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौं– नेकपा (एमाले) का सांसदहरुको अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बौल्नका लागि अनुमति दिएका थिए।

    सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाए। उनले प्रधानमन्त्रीको त्यो भनाइ गलत भएको भन्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताए।

    सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गरे। तर उनीहरुले उभिए विरोध जनाएका थिए। सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर उनको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गरका थिए।

    राष्ट्रियसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

    त्यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

    राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२ बजेर बस्ने भएकोछ।