राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन - Chaitanya News
  • 2026-11-16
  • 13:55:08
  • सोमबार,मंसिर ०१, २०८३
  • राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

    राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।

    बुधबार आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उनले आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न निर्देशन दिएका हुन्।

    महतले भने, ‘सेवाग्राहीमाझ सहज रूपमा प्रस्तुत हुन्, व्यक्तिगत फाइदा नहेर्नु। कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ, त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस्।’