समाजमा रहेका विद्यमान सामन्ती चिन्तनविरुद्ध एकजुट भएर लड्नुपर्छ : उपेन्द्र यादव - Chaitanya News
  • 2026-11-16
  • 13:54:42
  • सोमबार,मंसिर ०१, २०८३
  • समाजमा रहेका विद्यमान सामन्ती चिन्तनविरुद्ध एकजुट भएर लड्नुपर्छ : उपेन्द्र यादव

    समाजमा रहेका विद्यमान सामन्ती चिन्तनविरुद्ध एकजुट भएर लड्नुपर्छ : उपेन्द्र यादव

    काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजमा रहेका विद्यमान सामन्तवादी चिन्तनको विरुद्ध एकजुट भएर लड्नुपर्ने बताएका छन्।

    जसपाद्वारा आयोजित जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा उनले जातीय विभेद गर्नेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए।

    जातीय विभेदलाई संवैधानिक रुपले दण्डनीय मानिएको भन्दै अध्यक्ष यादवले अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवता विरोधी अपराधको रुपमा लिएको बताए। विभेदहरु कानुनमा मात्र लेखेर नहुने बताउँदै उनले जातीय विभेद जहाँ जुन रुपमा छ त्यसलाई जरैदेखि उखालेर फ्याल्नुपर्ने बताए।

    अध्यक्ष यादवले अब कुन जातमा जन्म्यो, कुन कुलमा जन्म्यो भनेर हेर्ने युगको समाप्त भइसकेको टिप्पणी गरे।

    समाजका विद्यमान सामन्तवादी चिन्तन, व्यवहार, प्रवृत्ति, विभेद र भेदभावका विरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताए।