भूमाफियाहरू नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्छ : सांसद गैरे - Chaitanya News
  • 2026-11-16
  • 13:36:26
  • सोमबार,मंसिर ०१, २०८३
  • भूमाफियाहरू नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्छ : सांसद गैरे

    भूमाफियाहरू नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्छ : सांसद गैरे

    काठमाडौं– नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरू नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन्। बुधवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले नदी किनार ओगटेर बस्नेहरूको अवरोध हटाउनु पर्ने बताए।

    नदी किनारका ८० प्रतिशत बस्तीहरू भूमाफियाको कब्जामा रहेको उनको दाबी छ। मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्ने र वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले बनाएको आवासमा स्थानान्तरण गर्नुपर्ने सांसद गैरेको भनाइ थियो।

    ‘हामी बाग्मती नदी भन्छौँ, तर यो नदी नालीमा रूपान्तरण भइरहेको छ। हामीले ढल, नाला बनाउँदै छौँ। नदी आसपास भूमाफियाहरूले कब्जा गरेर बसिरहन पाउने अवस्थाको अन्त्य गर्नुपर्छ,उनले भने, ८० प्रतिशत फेक बस्तीलाई हटाउनु पर्छ। त्यसमा समितिले सघाउनेछ। वास्तविक सुकुम्वासीहरू सरकारले बनाएको आवासमा गएर बस्नुपर्छ।