सभाका सबै सदस्यहरुसँगसँगै हिँड्न चाहन्छु : मुख्यमन्त्री चौधरी - Chaitanya News
  • 2026-11-16
  • 13:36:31
  • सोमबार,मंसिर ०१, २०८३
  • सभाका सबै सदस्यहरुसँगसँगै हिँड्न चाहन्छु : मुख्यमन्त्री चौधरी

    सभाका सबै सदस्यहरुसँगसँगै हिँड्न चाहन्छु : मुख्यमन्त्री चौधरी

    काठमाडौँ– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी सरकार प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन्। आज बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, सबैका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए।

    त्यस्तै उनले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिनेसमेत विचार पनि व्यक्त गरे। “प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ”, यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो चौधरीले भने।