कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन, त्यसैले अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 13:36:28
  • सोमबार,मंसिर ०१, २०८३
  • कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन, त्यसैले अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री

    कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन, त्यसैले अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताएका छन। आज (बुधबार) दिउँसो नेकपा (माओवादी केन्द्र) निकट युवा महिलाको भेलालाई बोल्दै प्रधानमन्त्रीले यस्तो बताउका हुन।

    मैले एउटा पुस्तक विमोचनको सन्दर्भमा भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। तर यसको अर्थ अर्कै छ। मिटरब्याजीलाई कारबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन। त्यसैले यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ प्रचण्डले भने,।

    प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएकोसमेत बताए। उनले १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्ने उल्लेख गरे। उहाँले भन्नुभयो, ‘‘विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ। सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा होप्रचण्डले भने।