काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्र पूर्वमाओवादीहरू एक ठाउँमा आउने बताएका छन्।
माओवादीहरु विभाजित हुँदा भ्रम छर्ने र सखाप पार्न विभिन्न शक्तिहरु लागेकाले भन्दै सबै घटक एक ठाउँमा आउन लागेको प्रचण्डले बताए। पार्टी निकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलालाई बुधबार बोल्दै उनले प्रतिक्रियावादी शक्तिहरू लागिरहेको उनको बताए छ।
‘जनयुद्धकालमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो, जुन अहिले पनि उनीहरू त्यहि डिजाइन अनुसार अघि बढीरहेका छन्’, प्रचण्डले भने, ‘ माओवादी आन्दोलनमाथि भ्रम फैलाउनेहरुको घेरा तोड्दै प्रतिवाद गर्न म सम्पूर्ण कमरेडहरूलाई आग्रह गर्दै सबै माओवादी घटकहरू एक आएपछि २०६४ को भन्दा शक्तिशाली हुने म विश्वास दिलाउन चाहन्छु उनले भने।
विप्लव नेतृत्वको नेकपासहित पाँचदलीय समाजवादी मोर्चा बनाएका उनले माओवादी घटकहरूलाई मिलाएर शक्तिशाली माओवादी गठन गर्ने रणनीति बनाएका छन्।