अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुँनुपर्छ : नेता रिजाल - Chaitanya News
  • 2026-11-16
  • 13:25:38
  • सोमबार,मंसिर ०१, २०८३
  • अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुँनुपर्छ : नेता रिजाल

    अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुँनुपर्छ : नेता रिजाल

    काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा बताएका छन्।  कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा बोल्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने बताएका हुन्।

    देशमा प्रजातन्त्र प्राप्तिका लागि स्व. राईको योगदान अतुलनीय रहेको छ। प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी छ। ‘इतिहास मात्रै भजाएर अब कांग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ।’रिजालले भने।

    कांग्रेसभित्र रूपान्तरणको खाँचो रहेको छ,  त्यसका लागि केन्द्रीयस्तरमा आफूहरु लागेको उनको भनाइ थियो। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीलाई थप जिम्मेवार हुन सचेत गराएको उनले उल्लेख गरे।

    प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालले स्व. राई ओखलढङ्गाको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै देशको परिवर्तनका लागि सङ्घर्षरत नेता भएकाले आज पनि उनको योगदानको स्मरण हुने गरेको बताए।

    स्वर्गीय नेता राईको सालिकमा नेता रिजाल, सांसद खतिवडा, संविधानसभा सदस्य प्रमिला राई, जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनाल, पार्टी जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायतले माल्यार्पण गर्नुभएको बलबहादुर राई स्मृति प्रतिष्ठानका अध्यक्ष शङ्कर खनालले बताए।

    नेता राईको विसं २०६७ असार २० गते ८९ वर्षको उमेरमा निधन भएको थियो।