रुपन्देही– जेनेरेटरमा आगलागी हुँला लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको सत्रौं बैठक रोकिएको छ।
विपक्षी दल एमालेका प्रमुख सचेतक तुलसी चौधरीले बोलिरहेको बेला जेनेरेटरमा आगलागी भएको हो। सभामुख तुलाराम घर्तीले चौधरीले बोलेर सकाउँदै गर्दा प्रदेश सभाको जेनेरेटरमा आगो लागेकाले केही समय सदन रोक्ने सूचना सांसदहरुलाइृ दिएका थिए।
यसअघि मुख्यमन्त्री डिल्ली चौधरीले हिजो राती विपक्षी दल एमालेसँग भएको सहमतिअनुसार सदनमा बोलेपछि सदन सुचारु भएको थियो।