काठमाडौं– नेपाली कांग्रेसले असार २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बुधबार पाटी सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो।
यसअघि कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो। त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन। २७ असारदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए।
विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ।