राष्ट्रिय सभाको बैठक बस्दै, बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने - Chaitanya News
  • 2026-11-16
  • 13:29:39
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रिय सभाको बैठक बस्दै, बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

    राष्ट्रिय सभाको बैठक बस्दै, बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

    काठमाडौँ- राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।

    बैठक दिउँसो २ः३० बजे बोलाइएको छ । आजको बैठकमा बिनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

    संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।