काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चलेपनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सत्ता परिवर्तनको चर्चा रहेपनि रास्वपा त्यसको पक्षमा नरहेको बताएका हुन् । । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा वडा स्तरसम्म संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरे ।
सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको लामिछानेले आरोप लगाए । अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उनको टिप्पणी छ ।
सरकराले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई सत्ता र प्रतिपक्ष दुवैले विरोध गरेको बताउँदै उनले सरकारले ल्याएको बजेट साना व्यवसायी, लघुुवित्त पीडित, दैनिक जिविका चलाउने नागरीक कसैको पक्षमा नरहेको बताए। उनले सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर बजेट सच्याउनुपर्नेमा जोड दिए ।