घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित) - Chaitanya News
  • 2026-11-21
  • 08:07:46
  • शनिबार,मंसिर ०६, २०८३
  • घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित)

    घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित)

    काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागु हुने गरी हवाई भाडादर घटाएको हो ।

    नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएपछि निगले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

    नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको भाडा ६१५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।काठमाडौं–भद्रपुर भाडा ४२० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ ।

    यसैगरी काठमाडौंबाट विराटनगर तीन हजार २६५ रुपैयाँ, जनकपुर एक हजार ७५० रुपैयाँ, भरतपुर एक हजार ४५५ रुपैयाँ, पोखरा दुई हजार १५५ रुपैयाँमा झरेको छ ।

    काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० रुपैयाँमा झरेको छ ।

     

    F0LPOwIaUAAbdH_1688462923.jpg

    F0LPMSkaAAAqG_i1688462926.jpg

    F0LPNv2aIAAumdh1688462926.jpg