मलेसियालाई २२१ रनले हराउँदै नेपालले जित्यो उपाधि - Chaitanya News
  • 2026-06-06
  • 17:25:04
  • शनिबार,जेठ २३, २०८३
  • मलेसियालाई २२१ रनले हराउँदै नेपालले जित्यो उपाधि

    मलेसियालाई २२१ रनले हराउँदै नेपालले जित्यो उपाधि

    काठमाडौँ –  एसिसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

    नेपालले दिएको २५३ रनको लक्ष्य पछाएको मलेसिया १४.४ ओभरमा केवल ३१ रन बनाएर अल आउट भएपछि नेपाल २२१ रनको फराकिलो अन्तरले विजयी भएको हो । मलेसियाको ब्याटिङ लाइनलाई ध्वस्त गर्ने क्रममा नेपाली बलर अभिषेक तिवारीले सर्वाधिक ५ विकेट लिएका थिए भने सन्तोष यादवले ३ तथा सागर गैरे र स्शोक धामीले एक विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३५ ओभरको खेलमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले अविजित ११२ रनको शतकीय पारी खेलेका थिए । नरेनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाएका थिए ।

    निरज कुमार यादवले ४७ रन बनाए भने सन्तोष यादवले २६, सुर्यान्शु कोइरालाले १८, अशोक धामीले ११ रन बनाएका थिए । मलेसियाका बलरमुहमद आक्रमले सर्वाधिक ३ विकेट लिए भनेहाजिल हैक्व्ल, अरीन अकील र मुहमद फथुल मुइनले एक एक विकेट लिएका थिए ।

    नेपाल यस प्रतियोगिताको उपाधि जितेर ह्याट्रिक गरेको छ । नेपालले यसअघि सन् २०१७ र २०१९ मा सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुर र मलेसियालाई हराएर यो उपाधि जितेको थियो ।