म जनतालाई समृद्ध बनाउन खोज्छु, केही मानिसहरूले मलाइ रोक्छन् : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 13:20:16
  • सोमबार,मंसिर ०१, २०८३
  • म जनतालाई समृद्ध बनाउन खोज्छु, केही मानिसहरूले मलाइ रोक्छन् : अध्यक्ष ओली

    म जनतालाई समृद्ध बनाउन खोज्छु, केही मानिसहरूले मलाइ रोक्छन् : अध्यक्ष ओली

    काठमाडौँ— प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले राम्रो काम गरेवापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन्। सरकारमा जानबाट ुकेही मानिसहरूुले आफूलाई रोकेको उनको जिकिर छ।

    ‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने उद्देश्यका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपाय खोज्ने गरेको ओलीको दाबी छ।

    सोमबार भक्तपुरमा निर्माण गरिएको एक ज्येष्ठ नागरिक आश्रम उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन्। उनले आफू कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताएका थिए।

    यस क्रममा अध्यक्ष ओलीले सडक बालबालिकाको व्यवस्थापनको काम आफूले नै सुरु गरेको दाबी गरेका छन्।

    ओलीले भने, ‘कमसेकम के चाहिँ भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता सुरु गरिएको थियो। पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहृरु, अपांगता भएका व्यक्तिहरु समेतलाई प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्‍याएको छु। आफैंले निर्णय गरेर। हाम्रा बालबालिकाहरु अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन्। नेपालमा त्यस्तो सुहाउँदैन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरुको प्रबन्धहरु गराएँ, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढ्ने प्रबन्ध सुरु गराएँ। नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो।

    आफ्नो कार्यकालमा विकास निर्माणका धेरै काम भएको र आफूले बिना स्वार्थ ती काम अगाडि बढाउन चाहेको पनि उनको भनाइ थियो। कुनै प्रतिफल नहेरिकन आत्मसन्तुष्टिका लागि आफूले ती कामहरू गरेको ओलीले बताएका थिए। तर आफूलाई सरकारमा रोक्न केही मानिसहरू लागिपरेको उनको जिकिर थियो।

    ुसमृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस्। यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ। मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन्। किनभने यी कामहरु गर्नुको अर्थ उनीहरुको कारोबार बन्द हुन्छ। त्यसकारण केही मान्छेहरु त्यसको विरुद्धमा लाग्छन् फेरि। तर, यो चिन्ताको विषय होइन। हामी प्रतिफल के आउँछ भनेर होइन। दान दिएपछि के प्रतिफल आउँछ रु दान दिएपछि प्रतिफलभन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ? आनन्द मिल्छ त्यसबाट। सन्तोष मिल्छ त्यसबाट। त्यही हो प्राप्ति,’ ओलीले भने।

    यस्तै उनले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताएका थिए। यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए।