‘नेपाल र भारतको सम्बन्ध जनताको स्तरमा विकास गर्न सिंहको योगदान उच्च’ छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 13:18:46
  • सोमबार,मंसिर ०१, २०८३
  • ‘नेपाल र भारतको सम्बन्ध जनताको स्तरमा विकास गर्न सिंहको योगदान उच्च’ छ : प्रधानमन्त्री प्रचण्ड

    ‘नेपाल र भारतको सम्बन्ध जनताको स्तरमा विकास गर्न सिंहको योगदान उच्च’ छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच आम नागरिकस्तरमा सम्बन्ध विस्तारका लागि सरदार प्रितम सिंहको ऐतिहासिक योगदान रहेको स्मरण गरेका छन्।

    काठमाडौंमा सरदार प्रितम सिंहको योगदानमा आधारित पुस्तक ‘रोड्स टू द भ्याली’ सार्वजनिक समारोहमा प्रधानमन्त्री प्रचण्डले, सरदार सिंहले नेपाली र भारतीय नागरिकलाई एक अर्कासंग जोड्न मात्रै नभई नेपालको विकास र समृद्धीमा समेत महत्वपूर्ण योगदान पुयाएको स्मरण गरे। उनले सिहंले नेपालको ट्रान्सपोर्ट, शिक्षा र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको बताए।

    उनले भने, ‘साँच्चै भन्ने हो भने नेपाल भारत सम्बन्धलाई जनता जनताबीच पिपुल टू पिपुलबीच विकास गर्न सरदार प्रितम सिंहको योगदान विशिष्ठ र ऐतिहासिक रहेको छ।’

    कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालको ट्रान्सपोर्ट क्षेत्रको विकासका लागि सरदार सिंहले गरेको योगदानलाई भूल्न नसकिने बताए।