बालुवाटारमा सत्ता गठबन्धनको बैठक - Chaitanya News
  • 2026-11-16
  • 13:20:46
  • सोमबार,मंसिर ०१, २०८३
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    काठमाडौं– बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्।

    आजको बैठकमा कोशी प्रदेश सरकार गठन र केन्द्रमा मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल हुने बताईएको छ।

    बैठकमा प्रधानमन्त्री दाहालसँगै नेताहरु शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, महन्थ ठाकुर, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, राजेन्द्र पाण्डे, शरदसिंह भण्डारीलगायत छन्।