काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले ग्रामीण दूरसञ्चारले ग्रामीण क्षेत्रमा पैसा नआउने कारणले सूचना सञ्चारको सुविधा नपुगेको गुनासो गरेका छन्।
सोमवार काठमाडौँमा आयोजित नेपालमा दूरसञ्चारको विकास र सरोकारवालाको भूमिका विषयक विशेष अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता महराले पैसाको लोभले शहरमा मात्र ग्रामीण दूरसञ्चार केन्द्रित हुने गरेको आरोप लगाएका हुन्। उनले कर्णाली र डोल्पामा ४ वटा मात्र घर भएको गाउँमा पनि मौलिक हक उपयोग गर्न पाउनुपर्ने बताए।
प्रवक्ता महराले ग्रामीण दूरसञ्चारले ग्रामीण क्षेत्रमा बढी मात्रामा खर्च गर्न आवश्यक रहेको बताए। उनले भने, ुसूचना सञ्चार नभएको मान्छे नै जानकारविहीन मानिस हुन्छ। त्यसैले हामीले प्रविधिको क्षेत्रमा धेरै विकास गर्नुपर्ने हुन्छ। ग्रामीण दूर सञ्चारमापनिशहरमा पैसा आउँछ, धेरै गाउँमा जाँदैनन्, कर्णाली र डोल्पामा ४ वटा मात्र घर भएको गाउँ छ त्यसले पनि मौलिक हक उपयोग गर्न पाउनुप(यो त्यहाँपनि टेलिफोन हुनु प(यो। त्यसैले ग्रामीण दूरसञ्चारले ग्रामीण क्षेत्रमा बढी मात्रामा खर्च ग्रामीण क्षेत्रमा गर्नुपर्छ।
उनले हुलाकलाई पनि आधुनिकीकरण गर्नुपर्ने टिप्पणी गरे।