ललिता निवास प्रकरण: थप दुई जना पक्राउ - Chaitanya News
  • 2026-11-16
  • 13:20:21
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरण: थप दुई जना पक्राउ

    ललिता निवास प्रकरण: थप दुई जना पक्राउ

    काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ।

    ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन्। पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए।

    यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो। ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ९ पुगेको छ।