हिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकको अवलोकन गर्न पुगे रवि लामिछाने - Chaitanya News
  • 2026-11-16
  • 14:27:19
  • सोमबार,मंसिर ०१, २०८३
  • हिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकको अवलोकन गर्न पुगे रवि लामिछाने

    हिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकको अवलोकन गर्न पुगे रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकको अवलोकन गर्न चितवन पुगेका छन्।

    बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडकको निरीक्षण गर्न लामिछाने पहिरोस्थल पुगेका हुन्। सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

    दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन्। चौबीस घण्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका छन्। उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन्।