सपनामा पनि एमाले भनेर भाषण गर्छु : राजेन्द्र राई - Chaitanya News
  • 2026-11-16
  • 12:07:54
  • सोमबार,मंसिर ०१, २०८३
  • सपनामा पनि एमाले भनेर भाषण गर्छु : राजेन्द्र राई

    सपनामा पनि एमाले भनेर भाषण गर्छु : राजेन्द्र राई

    विराटनगर– नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले आफूले सपनामा पनि एमाले नै भनेर भाषण गर्ने गरेको बताएका छन्।

    आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई एमालेमै फर्किऊँ, फर्किऊँ जस्तो लागेको पनि बताए।‌ तर, एमालेले पेल्ने नीति अझै लिएको छ। यस्तोमा अहिले नै मत माग्दा दिन सकिँदैन,उनले भने।

    राईले पार्टी एकीकरण गरेर एक नै हुन सकिने र एउटै संसदीय दलसमेत बनाउन सकिने जिकिर गरे।

    ूसरकार जोगाउने बेलामा मात्र होइन अरू बेला पनि खोजी गरियोस्,ू उनले भने। राईले प्रदेश सरकार गठन भएपछि जनतामा विकासका धेरै अवसर पुगेको पनि सुनाए।‌

    एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।