रविले भने् : बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न सक्दैन - Chaitanya News
  • 2026-11-16
  • 11:39:24
  • सोमबार,मंसिर ०१, २०८३
  • रविले भने् : बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न सक्दैन

    रविले भने् : बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न सक्दैन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन्।

    बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नमिलेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे।

    उनले जनताले सरकारमा नबस्न सुझाव दिएकाले आफूहरू रचनात्मक प्रतिपक्षमा बसेको उल्लेख गरे। लामिछानले प्रतिपक्षमा बसेपनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने जिकीर गरे।