काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजस्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा आर्थिक विधेयक ०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन्।
मुलुकमा अब प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनलेसरकारको राजस्वको स्रोत सवारी आयात, मदिरा आयात, मदिरा उत्पादनमा अन्तशुल्क, जग्गा निजी प्लटिङमा रजिस्टेसन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो नभएको बताए।
सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए। एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भए पनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको उनको भनाइ छ।
आयकर ९४ करोड मात्रै हुनु प्रगतिशील कर प्रणाली नहुँदाको परिणाम भएको उनले बताए।