अवरुद्ध भएको बागमती प्रदेशसभा बैठक सुरु - Chaitanya News
  • 2026-11-16
  • 11:39:44
  • सोमबार,मंसिर ०१, २०८३
  • अवरुद्ध भएको बागमती प्रदेशसभा बैठक सुरु

    अवरुद्ध भएको बागमती प्रदेशसभा बैठक सुरु

    हेटौंडा– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध रहेको बागमती प्रदेशसभाको बैठक सुरु भएको छ। मंगलबार अपरान्न ४ बजेबाट एमाले र राप्रपाको अवरोधका कारण बस्न नसकेको बैठक सरकारसंगको समान्य सहमतिपछि सुरु भएको हो।

    बजेटमाथि असन्तुष्टि राख्दै संसदमा अवरोध गरेको एमाले र राप्रपाले सरकारसँग आफ्ना मागहरु राख्न संसद सञ्चालनको सहमति गरेको जनाइएको छ। एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलकाअनुसार सरकार समक्ष प्रमुख प्रतिपक्ष दल सहित अन्य विप्षी दलहरुको आ–आफ्नो माग र भनाई राख्न सदन सञ्चालनको सहमति भएको हो।

    बैठकमा एमालेसहित राप्रपा र नेमकिपाका संसदीय दलका नेताले आ–आफ्नो धारणा राख्ने उनले बताए। दलका नेताको सम्बोधनलगत्तै बैठक स्थगित गरिने उनको भनाई छ। सरकारले गरेको बजेट संशोधन नगरेसम्म बैठक चल्न नदिने उनको भनाई छ।