काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन्।
उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो।
उनी आज डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन्।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ।