भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेशविरुद्ध अभियुक्तहरू उच्च अदालतमा - Chaitanya News
  • 2026-11-16
  • 11:39:54
  • सोमबार,मंसिर ०१, २०८३
  • भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेशविरुद्ध अभियुक्तहरू उच्च अदालतमा

    भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेशविरुद्ध अभियुक्तहरू उच्च अदालतमा

    काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

    असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ जनामध्ये दुईजनालाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो।

    जिल्ला अदालतको आदेश बेरितको रहेको दाबीसहित निवेदकले उक्त आदेश खारेज गरी धरौटीमा रिहा गर्न माग गरेका छन्।

    आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख धरौटीमा रिहा भएका थिए। मुद्दामा प्रतिवादी रहेका ुहाई प्रोफाइलुहरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबैलाई जगन्नाथ देवको केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो।

    प्रतिवादीमध्येका हालसम्म पूर्वसंविधान सभा सदस्य आङ्टावा शेर्पा, खाँणका स्वकीय सचिव नरेन्द्र केसी र गोविन्द चौधरीको तर्फबाट जिल्ला अदालतको थुनछेक आदेश बदर माग गर्दै निवेदन परेको छ। उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले उक्त निवेदनको पेसी तोकिनसकेको बताएकी छन्।

    त्यस्तै, दुई प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंसमेतको तयारी भएको जानकारी सहन्यायाधिवक्ता अच्युत नेउपानेले जानकारी दिए।