कसैलाई थुन्ने कसैलाई छोड्ने गर्न मिल्दैन, आरोपी सबैलाई बाहिरै राखेर अनुसन्धान होस् : वरिष्ठ अधिवक्ता पन्त - Chaitanya News
  • 2026-11-16
  • 13:54:37
  • सोमबार,मंसिर ०१, २०८३
  • कसैलाई थुन्ने कसैलाई छोड्ने गर्न मिल्दैन, आरोपी सबैलाई बाहिरै राखेर अनुसन्धान होस् : वरिष्ठ अधिवक्ता पन्त

    कसैलाई थुन्ने कसैलाई छोड्ने गर्न मिल्दैन, आरोपी सबैलाई बाहिरै राखेर अनुसन्धान होस् : वरिष्ठ अधिवक्ता पन्त

    काठमाडौं– ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई बाहिरै राखेर अनुसन्धान गर्न प्रतिवादीका कानून व्यवसायीले माग गरेका छन्। म्याद थपका लागि जिल्ला अदालतमा भएको सुनवाइमा उनले सो माग गरेका हुन्।

    न्यायाधीस बासुदेव पौडेलका इजलासमा प्रतिवादीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले एउटै मुद्दामा अदालतले फरक व्यवहार गर्नु नहुने बताए।

    उनले भने, ‘उही मुद्दामा कोही निषधाज्ञा देखाएर छुट्ने, कोही निषेधाज्ञा नभएकै कारण थुनिनुपर्ने भन्ने हुन्छ?

    हदम्यादको विषयमा अदालतले बोलेको कुरा सबैलाई लागू हुनुपर्नेमा उनले जोड दिए।

    पन्तले तर्क गरे, ‘अनुसन्धान सबैमाथि गर्न पाइयो। तर, कसैलाई छोड्ने र कसैलाई थुन्ने गर्नु भएन। सबै आरोपीलाई बाहिरै राखेर अनुसन्धान गरियोस्।’