राजनीतिक दल र सरकारबीच जिल्ला निर्वाचन कार्यालय खारेज नगर्नेबारे सहमति भइसकेको छ, विरोध गर्नुको औचित्य छैन : रमेश लेखक - Chaitanya News
  • 2026-11-16
  • 11:23:52
  • सोमबार,मंसिर ०१, २०८३
  • राजनीतिक दल र सरकारबीच जिल्ला निर्वाचन कार्यालय खारेज नगर्नेबारे सहमति भइसकेको छ, विरोध गर्नुको औचित्य छैन : रमेश लेखक

    राजनीतिक दल र सरकारबीच जिल्ला निर्वाचन कार्यालय खारेज नगर्नेबारे सहमति भइसकेको छ, विरोध गर्नुको औचित्य छैन : रमेश लेखक

    काठमाडौं– नेपाली कांग्रेस मुख्य सचेतक रमेश लेखकले राजनीतिक दल र सरकारबीच जिल्ला निर्वाचन कार्यालय खारेज नगर्नेबारे सहमति जुटिसकेको भन्दै यस विषयमा विरोध गर्नुको औचित्य नरहेको बताएका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावलाई विनियोजन विधेयकको अंगकै रुपमै समेट्न माग गर्दै बैठकमा अवरोध जनाएपछि सांसद लेखकले सहमति जुटिसकेको विषयमा विरोध जनाउनुको औचित्य नरहेको बताएका हुन्।

    उनले प्रतिपक्षी दल स्वतन्त्र निर्वाचनको पक्ष र सत्तापक्ष निर्वाचन कार्यालय खारेज गर्न लागेकोजस्तो गरि राजनीतिकरण गर्न नहुने बताए।

    ुविनियोजन विधेयकमा लेखिदाखेरी ती कार्यालय इकाइहरूलाई जिल्ला प्रशासन कार्यालयमा राखिने हो कि भन्ने केही कन्फ्युजन आएको हो। भौतिकरुपमा ती इकाइहरू जिल्ला प्रशासनको भवन प्रयोग गरिरहेको हुनाले केही कन्फ्युजन आएको हो,उनले भने,निर्वाचन आयोगमा सबै राजनीतिक दलहरू मिलेर सहमति भइसकेको स्थिति हो।

    उनले बजेटमा लेखिदा त्रुटि भएपनि निर्वाचन आयोगका मातहतका जिल्ला कार्यालयहरू जसरी सञ्चालनमा छन् त्यसरी रहने दावी गरे। उनले भने,ुनिर्वाचन कार्यालयहरू निष्पक्ष हुन्छन्। स्वतन्त्र हुन्छन्। सरकारको कु्नै अर्को निकाय र जिल्ला प्रशासनमा गाभिदैन भनेर निर्वाचन आयोगमा दलहरूबीच सहमति भइसकेको छ।

    विपक्षीदलको विरोधपछि यस विषयमा सहमति खोज्न सभामुख देवराज घिमिरेले १५ मिनटेका लागि बैठक स्थगित गरेका छन्।